प्रधानाध्यापकसहित ७ जनालाई थुनामा राखेर जरिवाना गर्ने फैसला

5.4k
Shares

धादिङ ।

उत्तरी धादिङकाे रुबीभ्याली गाउँपालिको गाउँसभामा अवरुद्ध गर्दै तोडफोड र भाैतिक सम्पत्ति क्षति पुर्याएकाे आरोपमा आपराधिक उपद्रह मुद्दाका प्रतिवादी ७ जनालाई थुनामा राख्न र जरिवाना गर्न जिल्ला अदालतले फैसला गरेको छ ।

जिल्ला न्यायाधीश गाेपालप्रसाद बास्ताेलाकाे ०८१ जेठ २२ गतेकाे  ईजलासले माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत ७ जनालाई क्षति भएकाे क्षतिपुर्ति तिर्न, जनही १० हजार जरिवाना गर्न र जनही एक महिनाका दरले कैद गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताए ।

राप्रपा कार्यकर्ता र गाउँसभा सदस्यहरूबीच ०८० असार १० गते रुबीभ्याली गाउँपालिका–३, सेर्तुङमा गाउँसभा हुन नदिन भएकाे झडपमा शिक्षक समेत सहभागी थिए ।

मुक्रावदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चितवन रत्ननगर नगरपालिका–३ का ३२ वर्षीय तिर्थराज सुवेदी, शिक्षक ३५ वर्षीय ऋषिराम खनाल,  रुबीभ्याली गाउँपालिका–४ का २८ वर्षीय मनिस तामाङ, ३९ वर्षीय निक्क तामाङ, २३ वर्षीय शुक लामा भन्ने देब तामाङ र २२ वर्षीय जीवन तामाङलाई जनही १० हजार जरिवाना, जनही एक महिना कैद गर्ने फैसला गरिएको थियो ।

सुकमान तामाङलाई अदालतले सफाइ दिएको छ ।

८ जना विरुद्ध गाउँपालिका अध्यक्ष रामसिंह तामाङले  जिल्ला प्रहरी कार्यालयमा असार १५ गते आपराधिक उपद्रह मुद्दा चलाउनम उजुरी दिएका थिए ।
घटनापछि खनाल बाहेर सबै आरोपितहरुलाई गिरफ्तार गरिएको थिएन । खनाललाई २४ दिन हिरासतमा राखेर तारेखमा छाडिएकाे थियो । प्रधानाध्यापक विद्यालयमै कार्यरत छन् ।

अन्य राप्रपाका कार्यकर्ता गाउमै रहेकाे वादी रामसिंह तामाङले बताए। जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल मार्फत ०८० असार १ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

 जरिवाना बाहेक कसुरदार ७ जनाबाट ३ लाख ४० हजार ५ सय रुपैयाँ बिगाे भराउन  जिल्ला अदालतले फैसला गरेको छ । अब प्रधानाध्यापकसमेत ६ जनालाई मुद्दाका फरार प्रतिवादी भनेर गिरफ्तार गर्न सक्नेछ ।