बाढी, पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह 

658
Shares

रसुवा ।

जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लावासीहरूलाई मनसुन सक्रिय भयसँगै बाढी पहिरो र डुवानकाे जोखिम उच्च हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

वर्षाको समयमा अत्यधिक रूपमा मनसुन सक्रिय भई पहाडी भेगमा  पहिरोको जोखिम हुने भएकाले बाढी,  पहिरो डुवानकाे जोखिम उच्च हुने भएकाले पहिरो,डुबान र बाढीको न्यूनीकरण गर्नका लागि पुर्वतयारिका साथै पहिरोको पूर्वसंकेतहरू देखिन थाले समयमै ध्यान दिई आफू पनि बाच्न र धन जनकाे क्षति हुनबाट जाेगाउन पूर्व तयारी गर्न सबैलाई आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं  प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।

पहिरो जान लागेको कसरी थाहा पाउने,पहिरो जान नदिन पूर्व तयारी कसरी गर्ने भन्ने कुराहरू रसुवावासीहरूलाई जानकारी दिँदै जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम प्रजिअ  खनालले भने- ‘पानिका मूलहरू अस्वाभाविक रूपमा सुक्नु अथवा मूलहरू बढ्नु,बस्तीभन्दा तल पट्टि ठुलाे खोला अथवा नदी  छ र त्यसले सक्रिय रूपमा जमिन कटान गर्न लागेको छ भने पहिरो जाँदै छ भनेर बुझि यस्ताे स्थिति देखिएमा तत्काल सुरक्षित स्थान तर्फ स्थानान्तरण भइहाल्नु पर्ने जस्ता कुराहरू मा ध्यान राख्नुपर्ने छ ।’

पहिरो जानै नदिने महत्त्वपूर्ण उपायहरू धेरै भिरालो डाँडा वा पहाडको मुनि बस्तीहरू नबनाउने,नदिनालाकाे पानीकाे बहावलाई जमिन कटान हुन नदिने गरी  व्यवस्थापन गर्ने,जथाभावी डाेजर,एक्साभेटर प्रयोग गर्दै नगर्ने जस्ता यावत कुराहरूलाई ध्यान दिन आग्रह गरिएको छ ।