वीर अस्पतालले माग्यो एकसय जना स्टार्फ नर्स



काठमाडौँ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्ने बताएको छ ।

लिखित परीक्षाबाट नर्सको छनौट गरिने र सो परीक्षा आगामी २६ जेठका लागि तोकिएको अस्पतालले सूचनामा उल्लेख गरेको छ । यसैगरी अस्पतालले यो परीक्षामा २०८० मंसिर १ गते प्रकाशित सूचनाका आधारमा दरखास्त भरेका नर्सहरुले पनि सहभागि हुन सक्ने स्पष्ट पारेको छ ।

परीक्षाका फारमको ६ सय रुपैयाँ तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुल दरबन्दी अन्तर्गत लोके सेवा आयोगबाट स्थायी भई आएमा वा अस्पताललाई आवश्यक नभएमा भने अहिले छनौट भएका करारका नर्सहरु सेवाबाट हटनुपर्ने समेत अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्