कोभिड संक्रमण हावाबाट फैलिएको डब्लुएचओका बिज्ञहरूको स्वीकार



जेनेभा।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)र विश्व भरका ५०० विज्ञहरूले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाण सहितका प्राविधिक कागजातहरू बिहीवार डब्लुएचओको जेनेभा मुख्यालय बाट जारी गरिएको हो ।

डब्लुएचओ ले भन्छ कि प्राविधिक दस्तावेज ले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगहरूको प्रसारणलाई राम्रो सँग व्यवस्थापन गर्न रणनीतिहरू विकास गर्न मद्दत गर्नेछ ।

दस्तावेज को निष्कर्षमा भनिएको छ, कोभिड सङ्क्रमणको वर्णन गर्दा यसलाई हावाबाट सर्ने सङ्क्रामक रोगको श्रेणीमा राख्न सकिन्छ । किनभने, भाइरस हावामा यात्रा गर्दै अरू मानिसहरू सम्म पुग्छ र तिनिहरूलाई संक्रमित गर्दछ । कोभिडको यो परिभाषा बनाउन करिब ५०० विज्ञहरूले योगदान दिएका छन् ।

डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले स्वीकार गरेका थिए कि डब्लुएचओले यसबारे धेरै पहिले नै मानिसहरूलाई कडाइका साथ जानकारी गराउनु पर्थ्यौ । उनी पछि डब्लुएचओ का प्रमुख वैज्ञानिक बनेका जेरेमी फैरारले पनि महामारीको सुरुवातमा डब्लुएचओ लगायतका विज्ञहरूले प्रमाणको अभावमा परिभाषा परिवर्तन नगरेको बताए । तर, अब नयाँ परिभाषा कोभिड भन्दा बढी यस बारेमा हो की हावा वाट सर्ने रोग कसलाई मानियोस् । यस विषयमा सबै विज्ञहरू बीच सहमति छ ।

प्रतिक्रिया दिनुहोस्