स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न



काठमाडौं ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं राष्ट्रिय शिखर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई अवार्ड वितरण गर्दै उक्त सम्मेलन सकिएको हो ।

समारोह समापनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड वितरण गरेका हुन् ।

स्वास्थ्य अनुसन्धान परिषद्ले यस वर्षको बेस्ट हेल्थ रिसर्चर अवार्ड सुनील श्रेष्ठले प्राप्त गरेकि छन् । वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड पोष्टर तर्फ प्रतिक्षा पौडेलले पाएकी छिन्। यसैगरी वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड ओरल तर्फ किरण आचार्यले पाएका छन्।

जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड २०२३ गंगा जिसीले जितेकी छन् । यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक) डा गम्भीर श्रेष्ठले जितेका छन्।

मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार चिकित्सकतर्फ डा गम्भीर श्रेष्ठले पाएका छन्। मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार परिषद् कर्मचारीतर्फ प्रदीप बेल्बासेले पाएका छन्।

यस्तै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४ डा आलोक आत्रेयले प्राप्त गरेका छन् । यस्तै एचएचआरसी वेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यु इभ्यालुसन एण्ड मोनिटरिङ सेक्सनले जितेको छ । यस्तै एनएचआरसी बेष्ट परफर्म अवार्ड पुस्तकालयका चन्द्रभुषण यादवले जितेका छन् । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा मृगेन्द्रराज पाण्डे सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्