२०८० लाई फर्केर हेर्दा

स्वास्थ्य सेवाको पहुँच हुनेखानेको पोल्टामा



आम नेपालीको स्वास्थ्य सेवा सर्वसुलभ रूपमा पाउने नैसर्गिक अधिकारको रक्षार्थ सरकारले यो बर्ष खासै ध्यान दिएको पाइएन । सरकारमा सम्मिलित राजनैतिक दलहरूले चुनावी घोषणापत्रमा जसरी नागरिकको स्वास्थ्यका विषयलाई उठान गर्ने उल्लेख गरेका थिए त्यो चुनावी नारामा मात्र सीमित भयो । आम नेपालीले नेतृत्वकर्तालाई देश र नागरिकको स्वास्थ्य समस्याका बारेमा प्रत्यक्ष जानकारी दिने र सुधारका लागि पहल गर्ने परिपार्टी नबस्ने हो भने हुनेखाने र पँहुचवालाको मुठ्ठीमा मात्र स्वास्थ्य सेवा जाने निश्चित छ ।

स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेका ९८ प्रकारका औषधि प्राप्तिका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको तालमेल नमिल्दा आम नागरिक मारमा परेका छन् । गम्भीर प्रकारका तथा दीर्घ रोग लागेका बिरामीले प्रयोग गर्नुपर्ने औषधिजस्तै उच्च रक्तचापको औषधि खरिद सरकारका ३ वटा निकायले फरक फरक ढंगले खरिद गर्ने र स्वास्थ्य संस्थामा पु¥याउने नीतिले नागरिकले औषधि प्राप्ति गर्न सकेका छैनन् । स्वास्थ्य सेवाका हरेक क्षेत्रमा ठेकेदारी प्रथाले जरा गाडेकै कारण सीमित व्यक्ति मोटाउने र बिरामीले उपचार नपाउने अवस्था यो वर्ष अत्यधिक देखियो ।

नेपाल सरकारको स्थायित्व नभएका कारण पटक पटक सरकार फेरिने र कानुनको बर्खिलापमा नेताहरू लाग्दा स्वास्थ्यको नीतिमा नै प्रश्न चिह्न उठे । कानुन, नीति, नियममा रहेर चल्नुपर्ने स्वास्थ्य सेवा व्यक्तिगत घर चलाउने भन्दा पनि कमजोर अवस्थामा स्वास्थ्य नै नबुझेका नेताहरूले आफ्ना मान्छे भर्ती केन्द्र बनाउनुका साथै ठेकेदारहरूसँगको गैरकानुनी मिलेमतोमा कमजोर उपकरण, औषधि, सेवा, भौतिक संरचना निर्माणबाट लाभ लिनेतर्फ केन्द्रित रहेको देखियो ।

बिमामा तोकिएका १३० प्रकारका औषधि कुनै पनि बिमकका लागि आवश्यक पर्दा पाउने अवस्था नरहेको भन्दै नैराश्यता व्यक्त गरियो । सरकारको यो रवैयाबाट वाक्क भएका नागरिकले बिमा कार्यक्रमको विश्वसनीयताप्रति शंका व्यक्त गर्दै नवीकरण रोक्न थालेका छन् ।

 

यता, स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको ८ वर्ष बितिसक्दा बिमा कार्यक्रमलाई चुस्त र दुरुस्त पार्नुको सट्टा यसमा पनि कर्मचारी भर्ती केन्द्र बनाउन नपाएका मन्त्रीहरूले लथालिंग बनाएकै छन् । पटक पटक अदालत गुहारेर कानुन सिकाउँदैमा कर्मचारीलाई सास्ती भयो । बिमामा तोकिएका १३० प्रकारका औषधि कुनै पनि बिमकका लागि आवश्यक पर्दा पाउने अवस्था नरहेको भन्दै नैराश्यता व्यक्त गरियो । सरकारको यो रवैयाबाट वाक्क भएका नागरिकले बिमा कार्यक्रमको विश्वसनीयताप्रति शंका व्यक्त गर्दै नवीकरण रोक्न थालेका छन् । कतिपय अस्पताल र चिकित्सकहरुको बिमाका नाममा कमाउने र बिरामीलाई अदालतले झैं तारिख दिने प्रवृत्तिको विकास भएको छ । संक्षेपमा एक वर्षको अवस्था यस्तो देखिन्छ:

२०८० चैत

धुलिखेल अस्पतालमा जन्मँदै बहिरा हुने बालबालिकाहरुको पहिचानसँगै उपचार शुरू गर्नुका साथै अस्पतालका आउटरिच सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई दुई दिने तालिम प्रदान, इटालीको सहयोगमा झण्डै ५० हजार युरो बराबरको ५ वटा ईएनटी उपकरण समेत हस्तान्तरण ।

हिमोफिलियायुक्त ४ हजार बिरामी हराए ! सरकारले औषधि उपलब्ध नगराउँदा अपांगता बढेको तथ्यांक सार्वजनिक भए पनि सरकारले चुसम्म बोलेन । त्यसै गरी सुर्तीजन्य पदार्थमा राजस्व बढाएर नागरिकलाई सुर्तीको लतबाट टाढा राख्दै पोषणमा जोड दिई स्वस्थ नागरिक बनाई देशलाई आर्थिक समुन्नत बनाउन आवाज उठे पनि सुर्ती कम्पनीहरूको लाभ लिएर नीति तथा योजना बनाउने नाममा देशको ढुकुटी रित्याउन खप्पिस नेताहरूले सुर्तीको कर बढाउने र नागरिकलाई स्वस्थ बनाउने प्रतिबद्धतासम्म व्यक्त गर्न सकेनन् ।

क्यान्सर सम्मेलन|: नेसनल हस्पिटल एन्ड क्यान्सर सेन्टरको छैठौं सम्मेलन तथा अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) को बहुआयामिक क्यान्सर व्यवस्थापन दुई दिने कोर्स नेपालमा सम्पन्न भयो । नेपाल लगायत अमेरिका, भारत, पाकिस्तान र श्रीलंकाका छाती (फोक्सो) तथा टाउको र घाँटीको क्यान्सर विशेषज्ञ, सर्जनका साथै क्यान्सरका बिरामीको उपचारसँग सम्बन्धित रेडिएसन, प्याथोलोजी, नर्सिङ, सामाजिक र मनोपरामर्शदाताको सहभागिता । महिला नेतृ तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको भारतको दिल्लीस्थित म्याक्स हस्पिटल, समेत शल्यक्रिया सम्पन्न ।

नेपाल पेडियाट्रिक सोसाइटीका पूर्व अध्यक्ष एवं अग्रज बालरोग विशेषज्ञ प्राडा प्रकाशसुन्दर श्रेष्ठको निधन । स्वास्थ्य मन्त्रीको पद सम्हालेलगत्तै उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले २६ बुँदे सुझाव । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम र मध्यम आय भएका देशहरूमा बालबालिकामा हुने क्यान्सरको औषधिमा पहुँच बढाउन सेन्ट जुड्स ग्लोबल र विश्व स्वास्थ्य संगठनको संयुक्त पहल, ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ मा सामेल हुन विश्व स्वास्थ्य संगठनसँग सम्झौतापत्रमा हस्ताक्षर ।

मञ्चको सदस्य नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधिहरू निःशुल्क प्राप्त गर्नेछ । विश्व स्वास्थ्य संगठनले औषधिको आपूर्ति प्रणाली र स्वास्थ्य सेवाहरू सुदृढ गर्न प्राविधिक सहयोग गर्नेछ । युनिसेफ अन्तर्राष्ट्रिय मञ्चको खरिद साझेदारको रूपमा रहेको छ । सन् २०२४ को तेस्रो त्रैमासिकमा औषधिको पहिलो ब्याच नेपालमा आउने अपेक्षा गरिएको छ र भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पताल गरी यस परियोजनामा आबद्ध भएका चार अस्पतालमा बालबालिकामा हुने क्यान्सरको उपचारका लागि प्रयोग ।

जलवायु परिवर्तनसँग मानव स्वास्थ्यमा परेको असरका बारेमा फ्रान्सको राजधानी पेरिसस्थित फाउन्डेसन ‘एस’ को आर्थिक सहयोगमा हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेसन र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रूपमा थिमिका स्वास्थ्यकर्मीका लागि तालिम आयोजना ।
प्रसूतिगृहबाट फागुन ११ गते २६ दिनको नवजात शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतको आदेशपछि धरौटीमा रिहा ।

नेपालमा मिर्गाैला प्रत्यारोपण सीमित हुँदा निकै कष्ठमा परेका नेपालीलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्ष अवधिमा १ हजार २ सय १६ जनाको मिर्र्गाैला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपणमा सफलता पाएसँगै मुटु उपचारमा पनि सेवा दिने ।
जनकपुरमा अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञहरूको सहभागितामा छैटौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन । औषधि उत्पादन बिक्री वितरणमा नेपाली औषधि उद्योगहरू अब्बल बन्दै गए भन्ने जनविश्वास बढ्न नपाउँदै केही उद्योगले गुणस्तरमा ध्यान नदिएको प्रमाणित । लायन्स क्लब अफ बनेपाको पहलमा हार्ट क्लिनिक बनेपामा स्थापना ।

२०८० फागुन

कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको उद्घाटन । ट्रान्सफ्याट कमी गर्ने नेपालको निर्णयप्रति विश्व स्वास्थ्य संगठनको बधाई । विश्व मिर्गाैला दिवस मार्च महिनाको दोस्रो बिहीबार ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ मनाइयो । विनयतारा फाउन्डेसनको सहयोगमा जनकपुरमा २ सय बेडको क्यान्सर अस्पताल बन्ने । मेडिसिटी अस्पतालले २३ जनाको मिर्गाैला प्रत्यारोपणमा सफलता हासिल ।
औषधि व्यवस्था विभागद्धारा औषधि पूरक सामग्री नबेच्न आग्रह ।

काठमाडौं महानगरपालिकाले अस्पतालको फोहोर व्यवस्थापनमा निगरानी बढायो । नेपालद्वारा खानामा हानिकारक चिल्लो पदार्थ (ट्रान्सफ्याट्टी एसिड) प्रतिबन्ध । कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतद्वारा उद्घाटन । विमा ताेकिएका

२०८० माघ
धुलिखेल कल्याणकारी सेवा समाज, धुलिखेल नगरपालिका र काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोमा धुलिखेलको सञ्जीवनी माविमा एकै दिन १ हजार २ सयभन्दा बढी स्थानीय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण ।

मानसिक अस्पतालको ४० वर्षे इतिहासमा सिविन नेपाल तथा फोरुट नर्वेसँगको सहकार्यमा अस्पतालमा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई स्थापना गरी सेवा चालु । नेपालमा नसर्ने रोग क्यान्सरबाट वर्षेनी २० हजार नयाँ बिरामी थपिने र १३ हजारको मृत्यु हुने गरेको विश्व क्यान्सर दिवस मनाईरहँदा सार्वजनिक । नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन त्यहाँ रहेका ८ सय १६ जना कैदीबन्दीहरूको आँखा जाँच गर्दा जाँच गरिएकामध्ये करिब ५० प्रतिशत कैदीबन्दीहरूमा दृष्टिदोषको समस्या ।
७१ औं विश्व कुष्ठरोग दिवस मनाईरहँदा नेपालमा कुष्ठरोगीको निगरानी गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य २०३० मा प्राप्त गर्न निकै चुनौतीपूर्ण रहेको खुलासा ।विदुर नगरपालिकाले ३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही १ लाखसहित सम्मान ।जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण ।

२०८० मंसिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगायो ।
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा. चोपलाल भुसाल नियुक्त ।

कात्तिक २०८०

रसियाका चिकित्सकद्वारा धुलिखेल अस्पतालको शल्यक्रिया कक्षको अवलोकन यामालो–नेनेट्स अटोनोमस ओक्रुगका चिकित्सकहरू जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्न र स्थानीय विशेषज्ञहरूसँग अनुभव आदानप्रदान गर्न काठमाडौं आएका थिए । कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु भई गएको भूकम्प र पराकम्पनबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ वटा जिल्लाहरू प्रभावित । देशभरबाट एक सयभन्दा बढी रेडियोलोजिस्टहरूको सहभागितामा अन्तर्राष्ट्रिय कार्डियोभास्कुलर तथा इन्र्टभेन्स्नल रेडियोलोजी सम्मेलन सम्पन्न । रेडियोलोजिस्टहरूमा कार्डियाक इमेजिङको माध्ययमबाट विभिन्न रोगहरूको निदान गर्न अझ सबल बनाउन नेपाल मेडिसिटीले सो सम्मेलन आयोजना गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भारतको नयाँ दिल्लीमा भएको बंगलादेशकी साइमा बाजेद निर्वाचित । नेपालीहरूको महान चाड दशंैको मुखमा धर्मपरिवर्तन गर्न प्रोत्साहित गर्ने उदेश्यले विदेशीहरू बिना स्वीकृत नेपाल प्रवेश गरी स्वास्थ्य शिविर संचालनमा जुटेपछि नेपाल मेडिकल काउन्सिलद्वारा शिविर बन्द ।
२०८० असोज
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमालाई धराशयी बनाएको आरोप लगाउँदै बिमा बोर्डका ५ सदस्यद्वारा सामूहिक राजीनामा । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार ।
चिकित्सकहरूको लाइसेन्सका लागि नेपाल मेडिकल काउन्सिललले लिने क्षमतामा आधारित परीक्षालाई आगामी परीक्षादेखि सीप परीक्षणसहितको लाइसेन्स परीक्षा हुने । काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति शिक्षाका धरोहर प्राडा सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार २०७९ द्वारा ३ लाख राशिसहित पुरस्कृत गरियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलद्वारा लिखित पुस्तक जीवन्त सम्बन्ध भव्य समारोहका बीच डा.ओममूर्तिकी आमा तथा कलाकार महजोडीद्वारा संयुक्त रूपमा लोकार्पण । वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हृदय रोगको उपचार र रगत निःशुल्क तथा क्यान्सर रोगको उपचारका लागि ५० हजार रुपियाँ उपलब्ध गराउने गरी विभिन्न अस्पतालहरूसँग सम्झौता । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले अक्टोबर १२ तारिखमा विश्व दृष्टि दिवसको अवसरमा टिकटक प्रतियोगिता आयोजना ।

२०८० भदौ
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप प्रसूतिगृहबाट लगाउन शुरू । राष्ट्रिय फिजियोथेरापी दिवस, निजामती सेवा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर केन्द्रीय कारागार अस्पतालको सभाहलमा स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र, काभ्रे साँगाको प्राविधिक सहयोगमा एक दिने स्पाइनल हेल्थसम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न । नेपालका प्रथम राष्ट्रपति राष्ट्रपति डा. रामवरण यादवलगायत ३ जना भीआईपीको वीर अस्पतालको भीआईपी कक्षमा उपचार । नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी । मुटु रोग उपचारका क्षेत्रमा अब्बल प्राडा भगवान कोइराला उमेर हदका कारण त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट अवकाश पाएलगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा भिजिटिङ प्रोफेसरको रूपमा आवद्ध ।

२०८० साउन
विश्व अंगदान दिवसका अवसरमा मस्तिष्क मृत्युपश्चात् हुने अंग दानबाट प्रत्यारोपण गर्नेबारे छलफल । कोरियाको सनमून विश्वविद्यालय र नेपालको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज र धुलिखेल अस्पतालबीच नर्सिङ विभागको स्तरोन्नतिका लागि आपसी समझदारी । वर्षात् शुरू नहुँदै देखिएको डेंगु काठमाडाैंमा भन्दा पहिला सुनसरीमा फैलियो । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरू (भीआईपी र भीभीआईपी) का लागि थप ५ श्यया र सुविधासहित कक्ष सञ्चालनमा । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पनौती नगरपालिका–२, कुशादेवीका प्राडा.मनोज हुमागाईं नियुक्त ।

२०८० जेठ
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति गृह थापाथलीको निर्देशक डा. श्री अधिकारीद्वारा पद बहाली । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंका सबै अस्पतालमा १० प्रतिशत श्यया निःशुल्क नछुट्याए ताला लगाउने चेतावनीसँगै स्वास्थ्य मन्त्रालयद्वारा परिपत्र जारी । औषधि व्यवस्था विभागको ३ पटक महानिर्देशक पद सम्हाली सक्नुभएका नारायणप्रसाद ढकाल पुःन महानिर्देशकमा नियुक्त ।
बजेट भाषणले खाद्यान्न महँगो भयो सुर्तीजन्य पदार्थमा कर घट्यो ।

मे ३१ तारिख विश्व धुम्रपानरहित दिवस । यो दिवस विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हामीलाई खाद्यान्न चाहिन्छ सुर्तीजन्य पदार्थ होइन भन्ने मूल नारा तय गरी मनायो । सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाकमा लागि तीन वटा कानुन ल्याएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन –२०६८’, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१’ जारी । सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा महत्वपूर्ण योगदान पु¥याएका छ जना व्यक्ति तथा संस्थालाई ३ वर्षदेखि रोकिएको पुरस्कारद्वारा स्वास्थ्य मन्त्रालयले पुरस्कृत ।

स्वास्थ्यमा बजेट घट्यो
चालु आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रायलाई ८३ अर्ब ९९ करोड विनियोजन गर्नुभएको थियो । आर्थिक वर्ष २०७९-८० मा स्वास्थ्यको बजेट १ खर्ब ३ अर्ब १८ करोड विनियोजन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मूल्यांकनका आधारमा भक्तपुर अस्पताल वागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषणा । विश्वव्यापी रूपमा १७ मे लाई उच्च रक्तचाप दिवसमा रूपमा मनाईदै आएको छ । नेपालमा यस वर्षको उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा सम्पन्न ।

दोस्रो जनआन्दोलन २०६२/०६३ का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई नेपाल सरकारद्वारा सहिद घोषणा । २०८० साल वैशाख २७ गते साँझ ६ बजेर १३ मिनेट जाँदा निधन भएका कायस्थलाई घाइते भएको १७ वर्षमा मृत्यु भएपछि मात्र नेपाल सरकारद्वारा सहिद घोषणा गरियो ।
अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्सद्वारा तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण । मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय ।

२०८० वैशाख
दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको बिहीबार नेपाल सरकारका तर्फबाट सम्मानसहित अन्तिम संस्कार ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा. अल्भेरो बरमेजोले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री कार्यालयमा भएको द्विपक्षीय भेटका क्रममा सहयोगलाई निरन्तरता दिने विषयमा प्रतिबद्धता व्यक्त ।

डा. अल्भेरो बरमेजो नेपाल परिवार नियोजन संघले गर्दै आएका कार्यक्रम र भावी योजनाका बारेमा व्यवस्थित बनाउने उद्देश्यले पाँचदिने नेपाल भ्रमणका लागि नेपाल आइपुग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेश गएपछि उहाँको स्वास्थ्य अवस्थाका विषयमा सन्देह सिर्जना हुनुका साथै विदेशमा गरिएको उपचारका बारेमा चर्चा परिचर्चा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका एम्बुलेन्स कहाँ छन् भनी थाहा पाउनका लागि एम्बुलेन्स ट्रयाकिङ गर्ने सिस्टम बनाई वागमती प्रदेश र सुदूर पश्चिममा लागू ।

प्रतिक्रिया दिनुहोस्