एमाले नेता खिनबहादुर मगरको शालिक अनावरण



धादिङ । 

 तत्कालीन सलाङ गाउपंचायत वडा नम्बर ६ हाल सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का अग्रज नेकपा एमाले जिल्ला सदस्य खिनबहादुर थापाकाे सलाङ मैदानमा निर्मित अर्धकदकाे शालिक शुक्रवार अनावरण गरिएको छ । सिद्धलेकगाउँ पालिका तथा वडा नम्बर ४ काे कार्यालयकाे ३ लाख ९९ हजारकाे लागतमा सांसद राजेन्द्र पाण्डेले अनावरण गरेका हुन् ।

जनप्रेमी नेताका रुपमा परिचित एमाले नेता खिनबहादुर थापा मगरलाई माओवादी कार्यकर्ताले तत्कालीन जनयुद्धको क्रममा २०६१ मंसिर २६ गते तत्कालीन विद्रोही पक्ष (माओवादी) कार्यकर्ताहरुले घरबाट अपहरण गरी हत्या गरेका थिए ।

जनतामा स्थापित नेताका रुपमा चिनिने एमाले धादिङले खिनबहादुर थापा मगर स्मृति प्रतिष्ठानले शालिक निर्माण गरेको थियो ।

 २०१४ असार १३ गते जन्मिएका खिनबहादुर थापा मगर ०३६ साल देखि कम्युनिस्ट राजनीतिमा लागेका हुन् ।  ०३६ सालमा भएको बहुदल कि निर्दल भन्ने जनमत संग्रहमा यी दुई बहुदलको प्रचारकर्ताको रुपमा उनी रहे । उनलाई  तात्कालि मालेका नेताहरु मीनराज कडेंल, राजन्द्र पाण्डे, देवराज त्रिपाठीले प्रशिक्षित पारेका थिए ।

साँस्कृतिक अभियानमा समेत सहभागी हुँदै जनतालाई सचेत पार्दै पंचायत विराेधी अभियान र वहुदलपछि न्यायकाे पक्षमा लागेका थिए । मुलुक द्वन्दमा होमिएसंगै सलाङका इन्द्र कुमार थापा, कर्ण बहादुर थापा (सेनाको लप्टन), खिन बहादुर थापा र गोपाल थापा माओवादीको वारेन्टमा परे । यो कुरा थाहा हुँदा हुँदै पनि जनतामा जान कहिल्यै डराएनन् ।

पंचायतमा जनपक्षीय नेता, युवक संगठनकाे अध्यक्ष, बहुदलपछि गाउँ विकास समिति अध्यक्ष, जिल्ला विकास समिति सदस्य समेत भएर  गाउँको विकासका लागि  उनी निरन्तर लागिरह ।

माओवादीले पनि जनताकाे मानिस मारिएकोमा क्षमा मागेको छ ।

प्रतिक्रिया दिनुहोस्