अत्यधिक वर्षाका कारण वाल भत्कियो, १३ लाखकाे क्षति 



रसुवा। 

रसुवाको उत्तर गया गाउँपालिका वडा नम्बर ५ बेत्रावतीमा नालीको व्यवस्थापन राम्रो नहुँदा आइतबार साँझ आएको अत्यधिक वर्षाका कारण वाल भत्किएपछि घर भित्र पानी पस्दा करिब १३ लाख बराबरको क्षति भएको छ ।  स्थानीय रञ्जना थापाको घरमा पानी पस्दा क्षति भएको हो।

करिब १५ देखि २५ मिनेट सम्म परेको वर्षाले पासाङ ल्हामु मार्गकाे नाली हुँदै आएको भल पानी र अन्य ठाउँबाट मिसिएर आएको भेलले   शिक्षिका समेत  उनको घरमा क्षति पुराएको हो ।

थापाको घरमा रहेको पर्खाल भत्किएको छ भने लगाएकाे ग्याभिन तार समेत बगाएकाे र  खानेपानी तथा आगन समेत पुरिदा करिब १३ लाख काे क्षति भएको बताइएको छ ।गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक निर्माण भइरहेको र सो क्षेत्रमा सडकको  काम समयमै सम्पन्न नगरिदिँदा स्थानीय जनतालाई  ठुलाे क्षति पुराएको छ ।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक आयोजना र ठेकेदारको लापरबाहीले गर्दा पानी जाने नाली व्यवस्थापन हुन नसक्दा यस्तो क्षति व्यहोर्नुपर्ने देखिएको र सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने शिक्षिका रञ्जना थापाको भनाई छ ।

यस्तो क्षति  जाे काेहिकाे हुन सक्छ र यस घटनाले स्थानीय हरूमा एक प्रकारको त्रास उत्पन्न हुने र भइरहेको स्थानीय गणेश श्रेष्ठ ले बताए।

प्रतिक्रिया दिनुहोस्