हुरीबतासले स्वास्थ्य चौकी भत्कियो, सेवा प्रभावित

3.57k
Shares

धादिङ । 

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ३ मा रहेको मुलपानी स्वास्थ्य चौकी भवन भत्किएपछि नियमित सेवा प्रभावित भएको छ ।
भूकम्पपछि निर्माण गरिएको प्रिफ्याब भवनबाट स्वास्थ्य चौकीको सेवा सञ्चालन हुँदै आएको  थियो ।

मुलपानीमा रहेको साे स्वास्थ्य चौकी भवनमा शनिबार रातिको हावा हुरीका कारण छेउमै रहेको सल्लाको रुख भाँचिन गई   स्वास्थ्य चौकीको भवनमा क्षति  पुगेको स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष कमल थापाले जानकारी दिए ।

हावाहुरी आइतबार पनि चलिरहृेकाेले जोखिम कम भएको छैन । स्वास्थ्य चौकीको वरपर सल्लाका रुखहरु रहेका छन्  । रुख भाँचिएपछि सञ्चालन हुँदै आएको नियमित बिरामी जाँच्ने सेवा बाहिर बसेर सञ्चालन गरिएको छ भने अन्य कोटाभित्रबाट दिनुपर्ने सेवा बन्द भएको छ ।

२४ घण्टे सुत्केरी सेवा समेत प्रभावित हुने अवस्थामा छ । सुत्केरी गराउन कोही  आएमा  जोखिम र हुरिबतास चलिरहेकोले सेवा  दिन नसकिने अवस्थामा पुगेको छ ।

मुलपानी क्षेत्रकाे १ घर हुरीले उडाएको छ । ५० घरको गोठ उडाएको र यकिन तथ्यांक सङ्कलन हुँदै गरेको वडा अध्यक्ष थापाले जानकारी दिए ।
हुरी बतासका कारण वडा कार्यालयकाे भर्याङकाे छानाे उडाएको छ भने केही सामाग्रीमा समेत क्षति पुगेको छ ।

Skip This