चट्याङ लागेर धादिङमा २ जना घाइते, १ घरमा क्षति



धादिङ । 

धदिङको   खनियाबास गाउँपालिका वडा नम्बर २ थलिमा शनिवार साझा परेको चट्याङमा परेर दुई जना घाइते भएका छन् । हावाहुरी, असिनापानीसंगै परेको चट्याङले केही घरमा समेत क्षति पुगेको छ ।

चट्याङका कारण ५२ वर्षीय नोर्मु तामाङ र ४० वर्षीय कान्छीमाया तामाङ घाइते भएका छन्।  घाइतेमध्ये नोर्मुको अवस्था गम्भीर रहेको छ । घाइतेको उपचारका लागि क्यूङ सामुदायिक  स्वास्थ्य  इकाईबाट स्वास्थ्यकर्मी पठाइएको र घटनास्थलमै उपचार भइरहेको वडा अध्यक्ष अरुणकुमार तामाङले बताए ।

 चट्याङबाट सोही ठाउँका कान्छा तामाङको घरमा पूर्ण रुपमा क्षति  पुगेको छ ।

 केन्द्रीय विद्युत् प्रसारण लाइनबाट वितरित विद्युत् लाइनमा चट्याङ परेपछि विद्युत् सेवा समेत अवरुद्ध छ । गाउँमा  विद्युत् तार चुँडिएकाले मर्मत गर्नका लागि समेत समस्या छ ।

विद्युत् तारमा परेको चट्याङबाट अन्य चार घरका मानिसलाई  समेत करेन्टको झड्का लागेका ले  र सामान्य घाइते भएका छन् । थली क्षेत्रमा रहेको १० घरमा रहेको सोलार सिस्टम , डिसहोम, टेलिभिजनमा  समेत क्षति पुगेको छ । सोलार , विद्युत् वायरिङ, टेलिभिजन भने क्यूङमा समेत क्षतिपुगेको वडा अध्यक्ष पाख्रिनले बताए ।

यसअघिको वर्षमा पनि थली गाउँ क्षेत्रमा चट्याङ परेर रामसिंह तामाङको मृत्यु भएको थियो ।
क्षतिको विवरण सङ्कलन भइरहेको पाख्रिनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्