बालरोग विशेषज्ञ डा.प्रकाश सुन्दरको निधन



काठमाडौं ।

डा. प्रकाश सुन्दर श्रेष्ठको निधन भएको छ । नेपाल पेडियाट्रीक सोसाइटीका पूर्व अध्यक्ष एवं अग्रज बालरोग विशेषज्ञ प्रा.डा प्रकाश सुन्दर श्रेष्ठको बुधबार निधन भएको हो ।

पाटनमा जन्मिएका डा. श्रेष्ठ बहुप्रतिभाशाली व्यक्तित्वका धनी थिए । उनी लामो समय पाटन अस्पालमा कार्यरत थिए । त्रिवि शिक्षण अस्पतालबाट स्वेच्छिक अवकास पाएपछि पनि उनी काठमाडौं विश्व विद्यालय धुलिखेल शिक्षण अस्पतालमा बाल विभागमा प्रोफेरको रुपमा कार्यरत थिए ।

पछिल्लो समय उनलाई पेट दुख्ने समस्या अर्थात् पेनक्रियाजको समस्या थियो । उनले आफुलाई सधै सक्रिय  राखेका थिए  ।श्रेष्ठको असामयिक निधनले नेपाल पेडियाट्रीक सोसाइटी स्तब्ध भएको जनाइएको छ । आमाको दुध मात्र बच्चालाई उपयुक्त हुन्छ भन्ने विषयमा उनले जोड दिएका छन्  ।

श्रेष्ठले नेपालको बाल चिकित्सा शिक्षा तथा बालस्वास्थ्यका क्षेत्रमा योगदान पु¥याउनु भएको छ । नेपाल पेड्याट्रिक सोसाईटी लगायतले उनको निधनले नेपालको बाल स्वास्थ्यका क्षेत्रमा ठूलो क्षति पुगेको जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्