कोशी प्रदेशका खेलाडी र प्रशिक्षक सम्मानित  



धनकुटा । 

कोशी प्रदेश खेलकुद बिकास बोर्डले  खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक जितेका खेलाडीहरु र प्रशिक्षकहरूलाई धनकुटामा एक कार्यक्रमको आयोजना गरेर  सम्मान गरेको हो ।

 १९ औ एसियाली गेम्समा महिला कबड्डीतर्फका कास्य पदक विजेता टिमका मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडहिरु मेनुका राजवंसी,अनुजा कुलुङ राई र ईशा राईलाई जनही २ लाखसहित सम्मान गरेको हो ।

थप सम्मानित हुनेहरुमा यहि फाल्गुन ७ देखी १७ सम्म साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल प्रतियोगितामा रजत पदक बिजेता नेपाली महिला फुटबल टिमका कोशी प्रदेशका महिला खेलाडीहरु रहेका छन् । जसमा प्रीति राई, सबिता राना मगर, अमिशा कार्की, हिरा कुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, अञ्जिला तुम्बाफो र प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार नगद सहित सम्मान गरिएको छ ।

यसैगरी  मलेसियामा समपन्न भएको आईटीएफ तेक्वान्दो बिश्वा च्याम्पियनसिप २०२३ का  स्वर्ण पदक बिजेता सजिना तामाङलाई नगद ५० हजारसहित सम्मान गरिएको छ । १९ औ एसियाली गेम्समा रजत पदक ल्याउन सफल कराँतेका प्रशिक्षक कुशल श्रेष्ठलाई समेत नगद  २ लाख सहित सम्मान गरिएको छ ।

धनकुटाको होटल चिफ एन्ड वेस्टमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा प्रशिक्षक तथा खेलाडीहरुलाई सममान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्