जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने



काडमाडौं ।

जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने भएका छन् ।

संस्कृति शिरोमणि हरिराम जोशीको सक्रियतामा स्थापित तथा जोशी रिसर्च इन्ष्टिच्यूट, ललितपुरबाट सञ्चालित ‘हरिराम जोशी संस्कृति पुरस्कार’ सक्रिय भाषा–साहित्यका अभियन्ता तथा देश-विदेशमासमेत ख्याति कमाएका जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाललाई तथा ‘कदम केशरी जोशी सम्मान’ले इतिहासकै खोजी, लेखन र प्रकाशनमा सक्रिय रुपले काम गर्दै आएका सक्रिय इतिहासकार प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको इन्ष्टिच्यूटले जनाएको छ ।

उक्त पुरस्कार २०८१ वैशाख ४ गते ललितपुरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । दुवै पुरस्कार पच्चीस हजार नगदसहित प्रदान गरिने पनि समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्