निःशुल्क वितरण हुने ९८ प्रकारका औषधिको बजार अध्ययन गरिँदै



काठमाडौं ।

औषधि व्यवस्था विभागले निःशुल्क वितरण हुने ९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने भएको छ। अध्ययनका निम्ति विभागले आयतकर्ता तथा उत्पादक कम्पनीहरूसँग उत्पादन र आयातको वार्षिक विवरण माग गरेको छ।

उनीहरूलाई आर्थिक वर्ष २०७७ यताको विवरण प्रयोगकर्ता निर्देशिका अनुसार अनलाइन अपडेट गर्न भनिएको छ । तथ्यांक विवरण ३० दिनभित्र पठाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्