छैटौं खड्ग प्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट प्रतियोगिता  शनिवारदेखि



बुटवल। 

रुपन्देहीमा नव निर्मित अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान एस्क्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो प्रतियोगिताका रुपमा छैठौ खड्ग प्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिताको सबै तयारी पूरा भएको विहिबार पत्रकार सम्मेलन गरी एकेडेमीका संस्थापक शक्ति गौचनले बताए ।

यही चैत १० गतेबाट शुरु हुने  प्रतियोगितामा रुपन्देहीका ६ र अन्य प्रदेशका ४ गरी  ८टिम सहभागी  हुने भएका छन् । तिलोत्तमा नगरको एस्क्ट्राटेक ओभेल क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खलाईने स्टार क्रिकेट एकेडेमीका संस्थापक  गौचनले बताए ।

प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले क्रिकेट खेल र खेलाडीको प्रोत्साहन हुने गरी आयोजना गरिएको प्रतियोगितामा संस्थागत रुपमा प्राविधिक सहयोग गर्ने बताए । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्