बनेपा लायन्स हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोगीदातालाई सम्मान



काठमाडौं  । 
लायन्स क्लब अफ बनेपाको पहलमा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोगीदाताहरूलाई सम्मान गरिएको छ  ।
लायन्स क्लब अफ काभ्रे बनेपाको पहल र सक्रियतामा स्थापित बनेपा बनेपा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोग पुर्‍याएका व्यक्ति एवम् संघ सस्थाप्रति कृतज्ञता ज्ञापन गर्न आयोजित सम्मान कार्यक्रममा सहयोगीदाताहरूलाई धुलिखेलमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो  ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले  नेपाल समाचारपत्रकी सह-सम्पादक भगवती तिमल्सिना लगायत क्लिनिक सञ्चालनमा  सहयोग गर्ने सहयोगीदाताहरूलाई सम्मान पत्र प्रदान गरेका हुन्  ।
  उक्त  कार्यक्रममा बाेल्दै  सिंहले सबैको साथ र सहयोग मिले असम्भव केही नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्