औषधि व्यवस्था विभागद्वारा औषधि पूरक सामग्री नबेच्न आग्रह  



 काठमाडौँ 

खुल्ला बजार तथा घर घरमा बिक्री गर्दै आएका विभिन्न खाले औषधि मिश्रित क्रिम, मालिस तेल लगायतका नाममा विक्रि हुने औषधिहरुमा औषधि व्यवास्था विभागको ध्यानाकर्षण भएकोछ । यसै विषयलाई लक्षित गरी औषधि  व्यवस्था विभागले औषधि पूरक सामग्रीको बिक्री नगर्न आग्रह गरेको छ ।
विभागले सूचना नै निकाली यस्ता औषधि  पूरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशोधन सामग्रीको नाममा औषधि मिश्रित क्रिम आदि औषधिहरुको बिक्री नगर्न आग्रह गरेको हो ।

विभागद्वारा निरीक्षणका क्रममा यस्ता उत्पादनहरु बिक्री भइरहेको पाइएकाले यस्ता औषधिहरुको बिक्री तुरुन्त रोक्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री गरेको पाइएमा कानुन अनुसार जफत तथा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

विभागका अनुसार औषधि  ऐन, २०३५ को दफा १० (क) बमोजिम सोही ऐनको दफा १० बमोजिम औषधि  बिक्री गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८(क) बमोजिम विभागमा दर्ता रहेको औषधि  मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको  सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्