नौ महिनामै तयार भयो रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, टी १० तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपसंगै उद्घाटन 



बुटवल। 

नौ महिनामै तयार भयो रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान । मैदान तयार भयसँगै यही फागुन २८ गते मैदानको औपचारिक रुपमा उद्घाटन हुने भएको छ । उद्घाटनका अवसरमा टी १० संरचनामा हुने एक दिने तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप आयोजना हुने भएको छ । प्रतियोगितामा ४ टीमको सहभागिता रहने छ ।

त्यस्तै रुपन्देही लिजेन्ड्सको कप्तान हरि थापा, विश्क कप २०१४को कप्तान पारस खड्का, रेस्टअफ नेपा विनोद दास र लिजेन्ड्स ९६ एलबी क्षेत्रीको कप्तानीमा टोली मैदानमा आउने छ ।प्रतियोगितामा  पहिलो महिला अन्तर्राष्ट्रिय टोलीका ४ खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन्  ।

रोल गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार पारेर सबैलाई चिर्कित पारेका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको कार्य ९ महिनामै तयार गरेका हुन्। त्यसका लागि उनले १० करोड रुपैयाँमा पहिले नै जग्गा खरिद गरिसकेका थिए।

रंगशालाको फागुन २८ गते औपचारिक उद्घाटन गर्ने गरी तयारी पुरा भएको वारे शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराए ।पत्रकार सम्मेलनमा जर्सी र प्यलेयर लिष्ट को समेत सार्वजनिक गरिएको हो । रंगशालाको गत जेठ ३० गते शिल्यनास गरिएको थियो २८ गते उद्घाटन गरे पश्चात् रंगलाशामा लिजेण्ड्स कप क्रिकेट आयोजना गरिनेछ।

एक्स्ट्राटेक ओभलप्रालीका निर्देशक विनोद कुँवरले पहिलो चरणको काम सम्पन्न भएसँगै चार टिमबीच लिजेण्ड्स कप टि–१० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताए। प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन १९९६ को टोली, सन २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन २०१४ टोलीको कप्तानी गर्नेछन्। सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्नेछन्। त्यस्तै रेस्ट अफ नेपालको टीमलाई कलाम अलीले कप्तानी गर्नेछन् भने रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नेछन्। हाल अस्ट्रेलियामा बस्दै आएका कुँवर रंगशाला उद्घाटन र खेल आयोजनाका लागि श्रीमती सदीक्षा कुँवरसँगै बुटवल आइसकेका छन्।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराई  क्यानका पूर्व सचिव प्रशान्त मल्ल क्यान रुपन्देही अध्यक्ष हरि बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, निभियाका प्रतिनिधि लगायतले वोल्दै नीजि क्षेत्रको लगानीमा नेपालमै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान ९ महिनामा तयार हुनु गर्वको विष भएकाले यसलाई सफल बनाउन सबैको  योगदान रहेका हुने छ ।

उनै इन्जिनियर कुँवर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर नेपालमा त्यो सपना साकार बनाउन तल्लीन छन्। विदेश गएपछि नेपालको झन् बढी माया लाग्ने रैछ। पैसा कमाइन्छ, त्यो ठूलो कुरा होइन। त्यसपछि मलाई मेरो देशलाई मैले गर्नुपर्ने दायित्व के हो भनेर सम्झिए,’ विनोदले थपे, ‘त्यही दायित्ववहनको योजना क्रिकेट रंगशाला हो। विनोदले कुनै पनि हालतमा यो परियोजना बीचमा अलपत्र पर्न नदिने अठोट समेत गर्नु भएको छ । प्रतियोगितामा  पहिलो महिला अन्तर्राष्ट्रिय टोलीका ४ खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्