हेटौंडामा अन्तरक्याम्पस टी–२०



हेटौंडा ।

हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा अन्तरक्याम्पस टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यकी आमा अष्टकुमारी शाक्यको स्मृतिमा फागुन २६ गतेबाट प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

प्रतियोगितामा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज, नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेसनल इन्फोेटेक र चितवनको एरोभा कलेजले सहभागिता जनाउने हेटौंडा जेसीज वर्ष सन् २०२४ अध्यक्ष बिकेशलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिता विजेताले ५० हजार रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने उनले बताए । उद्घाटन खेल हेटौंडा–४, हुप्रचौरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडा सिटी कलेजबीच हुने कार्यक्रम संयोजक सुमन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्