जबरजस्ती करणी उद्योगमा साढे तीन वर्ष कैद, डेढ लाख जरिवाना



धादिङ । 

५४ वर्षिया एक महिलालाई जबरजस्ती करणी  गरेकाे कसुरमा थाक्रे गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय बाबुराम भन्ने इन्द्र बहादुर तामाङलाई तीन वर्ष ६ महिना कैद गर्ने फैसला भएको छ ।

 साेमबार जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्तोलाको इजलासले कसुरदार ठहरिएका तामाङलाई साढे तिन वर्ष कैद गर्दै १ लाख ५० हजार जरिवाना गरिएको फैसला गरेका हुन् ।

०७९ माघ ५ गते कसुरदार तामाङ महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा माघ ९ गतेदेखि थुनामा राखिएकाे थियाे ।

 माघ २९ गते जिल्ला अदालत धादिङमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भई विचारनधिन रहेकोमा साेमबार जिल्ला अदालतले मुद्दा फैसला गरेकाे  श्रेस्तेदार माधव भण्डारीले बताए ।

कसुरदार तामाङ विरुद्ध ०७९ माघ ६ गते पीडितले इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिइन् । प्रहरीले आरोपितलाई माघ ९ गते गिरफ्तार गर्‍यो ।  पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते धादिङ अस्पतालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्