धादिङ सञ्चार सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा बद्री अधिकारी चयन



काठमाडौं ।

धादिङ सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा बद्री अधिकारी चयन भएका छन् । बुधवार सम्पन्न संस्थाका अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा मनिष दुवाडी, शिवराज आचार्य, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा निरमाया गुरुङ, कोषाध्यक्षमा रेख बहादुर गुरुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अर्चिता उप्रेती, सन्दिप घिमिरे, राजाराम डंगोल, निर तामाङ र गणेश पाण्डे रहेका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा सन्तोषराज श्रेष्ठ, सदस्यहरूमा लक्ष्मी भुजेल, सन्तोष अधिकारी चयन भएका छन् भने सल्लाहकारमा राजाराम शर्मा, रोजेन्द्र कुमार बस्नेत र पोषनाथ अधिकारी रहेका छन् । सहकारीको ६० जना सेयर सदस्य पत्रकारहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्