पनौतीको ८ नम्बर पनि बालश्रम मुक्त वडा घोषणा



पनौती, काभ्रे ।

पनौती नगरपालिकाको वडा नम्बर ८ लाई पनि बालश्रम मुक्त वडा घोषणा गरिएको छ । पनौतीमा यस अघि वडा नम्बर ११ र ५ नम्बर वडालाई बालश्रम मुक्त घोषणा गरिसकिएको छ ।

कुल जनसंख्या ४ हजार ६१ रहकेो पनौती नगरपालिकाको वडा नम्बर ८ मा ९ सय ८३ जना बालबालिका छन् । जसमध्य ५ वर्ष सम्मका बाललालिकाको संख्या २ सय ७१ छ भने ६ देखि १४ वर्ष सम्मको बालबालिकाको संख्या ५ सय ३६ छ । यो वडामा १५ देखि १८ वर्ष उमेर मुनिको संख्या १ सय ७६ छ । यस वडामा घर बाहिर बस्ने बालबालिकाको संख्या ४४ छ । जसमा २४ बालक र २० बालिका छन् । यो वडामा ९ सय ८३ बालबालिका देखिएपनि ९ सय ५३ बालबालिकाको मात्र जन्म दर्ता भएको छ।

पनौती नगरपालिका २०७८ असार ३० गते नै बालमैत्री नगर घोषणा भएको थियो । बाल मैत्री नगर घोषणा गर्दा विभिन्न ३९ वटा सुचक पुरा गर्नुपर्ने थियो । पछि बाल मैत्री नगरको लागि ५१ वटा सुचक पुरा गर्नुपर्ने कार्यविधि आएको थियो । बालमैत्री नगर घोषणा प्रक्रिया अघि बढिसकेको नगरलाई निरन्तरता दिने शिलशिलामा बालश्रम मुक्त वडा घोषणा गरिएको वडा नम्बर ८ का वडाअध्यक्ष वेदप्रसाद बञ्जाराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्