अनलाइनमा छिटो पढ्न पाइने



साधनाको पूर्णाङ्क ३०९ पढ्ने अवसर पाइयो । यस अंकमा प्रकाशित लेखहरु प्रायः सबै उत्कृष्ट छन् । साधनाले शुरुवाती कालदेखि नै आफ्नो स्तरीयता कायम गरेको छ ।

मलाई स्वास्थ्य विषयका पत्रिकाहरु असाध्य मन पर्छन् । यसमध्ये साधना नै उत्कृष्ट लाग्छ । यसमा प्रकाशित लेखहरुको भाषा ज्यादै स्पष्ट र सरल हुने भएकाले बुझ्न पनि सहज लाग्छ । साथै साधनामा विशेषज्ञहरुसँग लिइने अन्तर्वार्ता र विशेषज्ञहरुले नै लेख्नुभएका लेखहरु आधिकारिक हुने भएकाले पनि मलाई यो पति्रका ज्यादै भरपर्दो लाग्छ ।

स्वास्थ्य विषयमा पनि आधुनिक चिकित्साका विविध विषयलगायत प्राकृतिक चिकित्सा, आयुर्वेद आदि विषयका उपयोगी र रोचक जानकारीहरु प्रकाशित गरिने भएकाले पति्रका सुरुचिपूर्ण लाग्छ ।

पहिला मूलरुपमा यो पति्रका पि्रन्टरुपमा बढी बजारमा आउने भएकोले यही संस्करण पढ्ने गरिन्थ्यो । तर काठमाडौंबाहिर अलि ढिलो आउने गथ्र्यो । अहिले अनलाइन संस्करण हरेक महिनाको १५ गते बिहानै पढ्न पाउँदा ज्यादै खुशी लाग्छ । यसले निरन्तरता पाओस् ।

– जयवीर कार्की, सर्लाही ।

प्रतिक्रिया दिनुहोस्