घर-घरमा निमन्त्रणा, दुई चरणमा दादुरा रूवेला खोप



नवलपरासी ।

पूर्वी नवलपरासीमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई दुई चरणमा दादुरा रूवेला विरुद्ध खोप दिइने भएको छ ।
जिल्लाकाे पहाडी बाैदिकाली,बुलिङ्गटार गाउपालिका र गैडाकाेट नगरपालिकामा फागुन १३ देखि र देवचुली,कावासाेती,मध्यविन्दु नगर तथा हुप्सेकाेट र विनयी त्रिवेणी गाउँपालिकामा फागुन २० गतेबाट खोप कार्यक्रम सञ्चालन हुने छ ।

नियमित खोप लिई रहेका सहित राष्ट्रिय अभियानका रूपमा जिल्लाका १ लाख २२ हजार बालबालिका लाई सम्बन्धित बिद्यालयमै पुगेर यो खोप दिइने जिल्ला स्वास्थ्य प्रमुख मुक्तिनाथ भट्टराईले बताए ।

भट्टराईका अनुसार खोप कार्यक्रममा नियमित खोप लगाएका, खोप लगाउन छुटेका र विद्यालय पहुँच बाहिरका काेही बालबालिका नछुटुन् भनी घरैमा निमन्त्रणा पटाइएको छ ।

खोप कार्यक्रम चलीरहँदा एई एफआई व्यवस्थापन र अनुगमनका लागि जिल्लामा ९ जना मेडिकल अधिकृतहरू कार्य क्षेत्रमा खटिने भएका छन् ।
अत्यधिक सङ्क्रमण दर रहेको दादुरा रूवेला सङ्क्रमित १ बिरामीले १८ जना सम्मलाई राेग सार्न सक्ने हुदा यसकाे फैलावट राेक्न खाेपकाे मात्रा पूरा गर्नु पर्ने बताइएको छ ।

रूवेला सन २०१८ देखि नदेखिए पनि दादुराको सङ्क्रमण भने विशेष गरी तराईमा क्षेत्रममा कायमै रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्