पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा पद हस्तान्तरण

व्यवसायी एकता र व्यवसायकीको हितका लागि खटिने अध्यक्ष गौतमको प्रतिबद्धता



बुटवल ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २३ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बिच शपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रतिबद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्व अध्यक्ष सल्लाहकार र व्यवसायीहरूले खेलेको भूमिकाको उच्च सराहना गदै सबैलाई धन्यवाद दिनु भयो । अध्यक्ष गौतमले व्यवसायी एकता र व्यवसायीको हितका लागि सधैँ खटिरहने प्रतिबद्धता व्यक्त गदै सबैको साथको अप्रेक्षा गर्नु भयो ।

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण पस्चात निर्वाचित हरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । शपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले सहमति सहकार्यबाट आएको नयाँ नेतृत्वले विधि र प्रक्रिया पुरा गरी आएको भन्दै संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमुना बनाउन आह्वान गर्नु भयो ।

कार्यक्रममा समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीलेले नव निर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोबल उच्च रहने गरी कार्य सम्पादन गर्नु हुनेछ भन्दै सधैँ सहकार्य सहमतिमा अगाडी बढ्न सुझाव दिनु भयो ।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष हुनु भएका यम प्रसाद पाण्डेले सहमति सहकार्यबाट आएको नेतृत्वले एक वर्ष भित्र गरिने साधारण सभामा व्यवसायीले देख्ने गरी काम गर्न शुभकामना दिनु भयो । कार्यक्रममा निर्वतमान महासचिव हरि कँडेलले नवनिर्वाचित महासचिव खिम बहादुर थापा नारायणलाई माइन्युट र निर्वतमान कोषाध्यक्ष हरि रिमालले नवनिर्वाचित कोषाध्यक्ष शंकर लम्साललाई चेक बुक हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्