अस्पतालको वार्षिक उत्सवमा पल्मोनरी फङसन टेस्ट सुरु



दोलखा। 

सदरमुकाम चरिकोटमा निजी क्षेत्रबाट सञ्चालित च्छो–रोल्पा जनरल अस्पतालले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा जिल्ला मै पहिलो पटक पल्मोनरी फङसन टेस्ट सुरु गरेको छ । स्पाइरोमेट्रीबाट प्रवाह गरिने यो सेवाले दमको रोग पत्ता लगाई निदानमा सहजता हुने अस्पतालका मेडिकल डाईरेक्टर डा.विनोद दंगालले बताए ।

एक सय शैयामा सञ्चालित अस्पतालले गुणस्तरीय सेवामा ध्यान दिदै निकट भविष्यमा डेन्टल सेवा, फिजियोथेरापी सेवा र मनोसामाजिक परामर्श सेवा विस्तार गर्ने अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले बताए । अस्पतालमा सुविधा सम्पन्न प्रयोगशाला सेवा, इन्डोस्कोपि सेवा तथा विभिन्न शल्यक्रिया सेवाका कारण दोलखाबाट काठमाण्डौ जानु पर्ने बाध्यताको अन्त्य भएको मेडिकल डाईरेक्टर डाक्टर दंगालको भनाई छ ।

अस्पतालले विभिन्न विषयगत विशेषज्ञ सेवा सहित सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया सेवा, प्रसूति सेवा, अत्याधुनिक मेशिनबाट विश्वसनीय प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, एम्बुलेन्स, अक्सिजन, इसिजि, फार्मेसी सेवा, होम सर्भिस लगायतका सेवा प्रदान गर्दे आएको प्रशासन प्रमुख शर्मिला बुढाथोकीले जानकारी दिए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा हाडजोर्नी तथा नशा रोग  विशेषज्ञ डा. दिलिप कुमार यादव, च्छो–रोल्पा नर्सिङ कलेजको क्याम्पस प्रमुख लक्ष्मी तमाङ लगायतको सहभागिता रहेको थियो ।

अस्पतालको १८ औ बार्षिक उत्सवको अवसरमा उत्कृष्ट काम गर्ने अस्पतालका मेडिल डाईरेक्टर डा. विनोद दंगाल, डाक्टर विवेक चौधरी, नर्सिङ इन्चार्ज गंगा केसी, अहेव जुली मानन्धर, ल्याव असिष्टेष्ट अनिता वयलकोटी, रिसेप्सनिष्ट चमेली सापकोटा, कार्यलय सहयोगी इ्रन्द्रमाया थामी र नर्सिङ कलेजको शिक्षक वर्षा रञ्जितकारलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्