सेतीभुमि माध्यमिक विद्यालयमा पढ्दै र सिक्दै अभियान सुरु



रसुवा । 
रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेमा रहेको  सेती भूमि माध्यमिक विद्यालयमा प्रदेश सरकारको नीति अनुसार गुणस्तरीय शिक्षा शैक्षिक रूपान्तरण नवप्रर्वद्वन उद्यमशीलता विकास गरी शैक्षिक संस्थामार्फत सामाजिक रूपान्तरणबाट समृद्ध र सुखी रसुवाली अभियानलाई टेवा पुराउन पढ्दै र सिक्दै अभियान सुरु भएको छ ।
पढाइसँगै खाली समयमा पढ्दै सिक्दै अभियान अन्र्तगत १० रोपनी जग्गा भाडामा लिएर विद्यार्थी तथा शिक्षक मिलेर तरकारी खेती आलु ,मुला , फर्सी, गाजर, इस्कुस, बरेला लगाउने खाद्यान्न अन्तरगत मकै,कोदो, जौ आदी उत्पादन गर्ने विद्यालयका प्रधानाध्यापक  शिला मगरले जानकारी दिए ।
उत्पादित तरकारी तथा खाद्यान्न विद्यालयमा दिवा खाजा वा होस्टेलमा प्रयोग हुने छ भने बाँकी रहेको बजारमा बेच्न लिने प्रधानाध्यापक मगरको भनाई रहेको छ । अहिले रसुवामा आलु लगाउने सिजन भएकोले विद्यार्थी, शिक्षक मिलेर ५ वोरा आलु, ३०० ग्राम मुला लगाइसकेको छ भने बाँकी जग्गामा पनि क्रमशः खेती गरिने छ । यसो गर्दा पढाई सँगै व्यवहारिक शिक्षा मिल्छ भन्ने मा आशावादी रहेको अभिभावकहरुले बताएका छन् । एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्