‘टुरिजम हिरो अवार्डस् २०२४’ आयोजना हुने



काठमाडाैं ।

नेपालमा पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने भएको छ। पर्यटन क्षेत्रका विविध आयामहरूमा सहभागी गराई पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो।

पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूमध्येबाट विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने काउन्सिलले जनाएको छ। अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले बताए।

आगामी चैत ६ ९मार्च १९०मा काठमाडौंमा एक भब्य समारोहको आयोजना गर्दै यस अवार्डस् विजेताहरूलाई अवार्ड ट्रफी हस्तान्तरण गरिने काउन्सिलले बताएको छ।

होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डको नोमिनेसन आज मंगलबारबाट खुल्ला गरिएको छ।

टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेबसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जो कोहीले आफ्नो लागि वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन्। यसरी प्राप्त नोमिनेसनहरू मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइने छन्। आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारीक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई भोटिङका लागि आह्वान गरिनेछ।

प्राप्त पब्लिक भोटलाई आधार मान्दै जुरिहरूको अन्तिम निर्णयका आधारमा आगामी चैत्र ६ गते विजेता घोषणा गरिनेछ। यो सम्पूर्ण प्रक्रिया वेबमा आधारित र निःशुल्क हुनेछ।

अवार्डमा समवेश क्याटगोरीहरू

बेस्ट ट्राभल एजेन्सी अफ द इअर

बेस्ट ट्राभल एजेन्सी अफ द इअर होलिडे

बेस्ट ट्राभल एजेन्सी अफ द इअर – इनबाउण्ड

बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम

सिइओ अफ द इअर – हस्पिटालिटी

सिइओ अफ दि इअर – ट्राभल

बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर

टुरिजम पर्सनालिटी अफ द इअर -जर्नालिस्ट

टुरिजम पर्सनालिटी अफ द इअर – अन्टरप्रेन्युअर

टुरिजम पर्सनालिटी अफ द इअर एनआरएन

टुरिजम पर्सनालिटी अफ द इअर वुमन अन्टरप्रेन्युअर

टुरिजम पर्सनालिटी अफ द इअर ब्राण्डिङ एण्ड मार्केटिङ

मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर

म्युनिसिपालिटी अफ द इअर

रूलर म्युनिसिपालिटी अफ द इअर

मेयर अफ द इअर

टुरिजम हिरो २०२४

होटल तर्फ

बेस्ट होटल अफ द इअर फाईभ स्टार

बेस्ट होटल अफ द इअर फोर स्टार

बेस्ट होटल अफ द इअर थ्रि स्टार

बेस्ट रिसोर्ट अफ द इअर

बेस्ट बुटिक होटल अफ द इअर

बेस्ट होटल टुरिस्ट स्टाण्डर्ड (नन् स्टार)

बेस्ट चेन होटल अफ द इअर नेशनल

बेस्ट होटल अफ द इअर डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर

बेस्ट होटल अफ द इअर इको फ्रेण्डली

बेस्ट रेष्टुराँ अफ द इअर

बेस्ट चेन रेस्टुराँ अफ द इअर नेशनल

बेस्ट सेफ अफ द इअर नेपाली

बेस्ट सेफ अफ द इअर इन्टरनेशनल

बेस्ट क्यासिनो अफ द इअर

प्रतिक्रिया दिनुहोस्