ओखलढुङ्गामा फाल्गुन ११ देखि  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने 



ओखलढुंगा । 

ओखलढुंगाको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही  फाल्गुन ११ गते देखि सञ्चालन हुने भएको छ । प्रतियोगिता जिल्लाको शिद्दिचरण नगरपालिका वडा नम्बर ४ को रुम्जाटार मा बि को खेल मैदानमा हुने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रवीण श्रेष्ठले बताएका छन् ।

प्रतियोतिमा भलिबल छात्र, छात्रा दुवै, कबड्डी छात्र, छात्रा दुवै खेल समावेश गरिने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका कार्यालय प्रमुख वाल कुमार खनालले बताएका छन् । प्रतियोगितामा भलिबल र कबड्डीका आलावा ऐथ्लेक्टीस दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर,८०० मिटर, १५०० मिटर र ३००० मिटरको छात्र, छात्रा दुवै समावेश गरिएको कार्यालय प्रमुख खनालले बताएका छन् । रिले दौड तर्फ ४×४०० र ४×१०० को दौड  समावेश गरिएको समेत प्रमुख खनालको भनाई छ ।

प्रतियोगितामा उफ्रने फ्याँक्ने तर्फ : हाईजम्प, लमजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट समावेश गरिएको आयोजकले जानकारी दिएका छन् ।
यसैगरी  मार्सल आर्ट तफर्का विभिन्न विधाहरु समेत प्रतियोगितामा समावेश गरिएको आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयको तत्त्व अवधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजन, जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजना र रुम्जाटार मावि ओखलढुंगाको व्यवस्थापनमा यही फाल्गुन ११ गते देखि १३ गते सम्म सञ्चालन हुने रुम्जाटार मावि रुम्जाटारका प्र अ गोकर्ण बानियाँले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्