ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



रामेछाप

रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एक जानको ज्यान गएको छ । मङ्गलवार रामेछाप नगरपालिका ९ ल्याङल्याङमा ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका ३७ बर्षे गुणराज श्रेष्ठको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

मन्थलीको तामाकोसी नदीबाट बालुवा लिएर जादैँ गरेको ना ५ त ६५३६ नम्वारको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो । सो दुर्घटनामा परि रामेछाप नगरपालिका ८ स्थायी घर भएका २२ बर्षे मनोज मगर र २३ वर्षका चन्द्र बहादुर साहीसमेत घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये मगरको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ भने साहीलाई थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरी  निरीक्षक रञ्जन कुमार गिरिले बताए ।

चालु आर्थिक वर्षमा रामेछापमा सडक दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ३ जना पुगेको रामेछाप प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्