कालिञ्चोकको टापुमा फेसन रनवे



दोलखा।

दोलखा जिल्लामा पर्ने तीन हजार आठ सय ४२ मिटर उचाइको कालिञ्चोकमा पहिलो पटक ‘कालिञ्चोक फेसन रनवे– २०२४’ आयोजना गरिएको छ ।
कालिञ्चोक टापुमा आयोजना गरिएको फेसन रनवेमा सहभागी मोर्डलहरु पहिलो पटक उचाइमा आयोजना भएको कार्यक्रममा सहभागी हुनपाउदा खुसी देखिएका थिए ।

ब्राईट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘कालिञ्चोक फेसन रनवे– २०२४’ मा चर्चित मोडलहरु दिक्पाल कार्की, प्रिया रानी लामा, आरसु महर्जन, अपेक्क्षा शेरचन लगायत ३० जनाको सहभागिता रहेको थियो ।

धार्मिक महत्त्व एवं प्राकृतिक सुन्दरताको टापुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कालिञ्चोक फेसन रनवे– २०२४’ आयोजना गरिएको ब्राईट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले बताए ।

फेसन रनवेको समयमा हिमपात नभए पनि केही दिन अघि भएको हिमपातले कालिञ्चोकको टापु आसपास हिउँ देखिएको थियो, आयोजक ब्राईट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले भने– तीन हजार बढी उँचाईको टापुमा हिँउको मजालिदै फेसन रनवेमा सहभागी हुन पाउँदा मोडलहरु खुसी भएका छन् । उनले प्राकृतिक सुन्दरताको कालिञ्चोक टापुमा यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । उचाइको टापुमा फेसन रनवे आयोजना आफैमा रोमाञ्चक छ, बुढाथोकीले भने– यसले कालिचोकमा देशी– विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिएका छौ ।

प्रतिक्रिया दिनुहोस्