त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुधारसहितको सुशासन



काठमाडौं ।

देशको प्रमुख हवाई नाकाका रूपमा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रु जाँचपास तथा कार्गो शाखामार्फत् हुने कार्यसम्पादनलाई प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउनका लागि विभिन्न सुधारका गतिविधिहरू अगाडि बढाएको छ।

जसअन्तर्गत जनशक्ति थप, कार्यप्रणालीमा सुधार र प्रविधिमैत्री कार्यसम्पादनलाई जोड दिइएको छ। जसले गर्दा त्रिभुवन विमानस्थल भन्सार क्षेत्रको सुन्दरता अभिवृद्धिमात्र होइन चेकजाँचमा सहजता र जोखिम न्यूनीकरण भएको छ ।

स्वघोषणा कक्ष सञ्चालनमा

विदेशबाट आउने यात्रुका लागि मालवस्तु स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ। विदेशबाट फर्किएका यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धमा मिति २०८० जेठ १५ गते प्रकाशित सूचनामा उल्लेख भएकोभन्दा बढी मालवस्तु ल्याएमा स्वघोषणा कक्षमा गई स्वघोषणा गर्न सक्ने छन् ।

विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेसिन पुग्नुअगावै स्वयं घोषणा गर्ने सुविधा पाउनेछन्। यसबाट वैदेशिक रोजगारीबाट फर्किएका तथा नेपाल भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन्।

कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनः

भन्सार कार्यालयको कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याइएको छ। अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको हो।

प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट वितरण हुने वाइपास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् ।

साउन ३ गते कार्गो भवनबाट गाडीको ब्रेकसुभित्र लुकाइछिपाइ ल्याएको सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले अनधिकृत व्यक्तिलाई भन्सार यार्ड प्रवेशमा कडाइ गर्नका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याइएको हो ।

चौध किलो सुन बरामद

विमानस्थल भन्सार कार्यालयले मिति २०८० मंसिर २१ गते राती अं. २३ः४० बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आगमन भएका यात्रु जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. वडा नं. १ स्थायी वतन भएका वर्ष ४५ का चन्द्र घलेको साथवाट १४ के.जी. तौल बराबरको सुन बरामद गरेको थियो ।

विशेष सूचनाका आधारमा त्रि.अ.वि.भन्सार कार्यालयका कार्यालय प्रमुख, प्रमुख भन्सार प्रशासकको नेतृत्वमा खटिएको टोलीले प्रहरीको सहयोगमा विमान अवतरण गर्ने क्षेत्र (विमान पार्किङ) कक्षमा गई विमान भित्रैबाट नियन्त्रणमा लिई आगमन कक्षमा ल्याई खानतलासी गर्दा निजको शरीरको छातीको दाँया–बाँया भागमा कपडामा लुकाइछिपाइ ल्याएको अवस्थामा बिस्कुट आकारका थान–१४को कुल जम्मा तौल १४ किलोग्राम सुन बरामद भएको थियो ।

घटनाको छनबिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छानबिन समितिसमेत गठन भई यस घटनाको विस्तृत अनुसन्धान भएको छ।

निज चन्द्र घलेको २ वटा पासपोर्टबाट प्राप्त यात्रा विवरणअनुसार निज ६० पटक विदेश आउने जाने गरेको र अनुसन्धानपश्चात् नाम खुलेका र यस कार्यमा संलग्न भएका प्रतिवादी मीनबहादुर घले२०१४ देखि ३६ पटक विदेश आउने जाने गरेको र प्रतिवादी कृष्णकुमार श्रेष्ठको २ वटा पासपोर्ट नं. बाट प्राप्तअनुसार निज यात्रा विवरण ६६ पटक विदेश आउने जाने गरेको देखिन आयो ।

दुबईबाट ल्याएको सुन आगमन कक्ष स्थित अध्यागमन डेस्कनजिकको शौचालयको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरेको तथ्य अनुसन्धानका क्रममा खुलेपश्चात् अन्तर्राष्ट्रिय विमानस्थालका सरसफाइ कर्मचारीहरूसमेत पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढायो।

सुन बोक्ने भरियाले आगमन कक्षमा रहेको अध्यागमन डेस्कनजिकको शौचालयमा छाड्ने र विमान स्थलका विभिन्न कर्मचारीको मिलेमतोमा सुन झिकेर विमानस्थल बाहिर ल्याउने गरेको अनुसन्धानबाट पुष्टि भई शेरबहादुर बस्नेतले आफूले उक्त सुन शौचालयबाट अवैध रूपमा बाहिर निकाल्ने गरेको साविति बयान दिई थप कर्मचारीहरूको समेत संलग्नताबारे खुलाएका थिए।

निज शेर बहादुर बस्नेतले खुलाए अनुरूप त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ, एयर साइड अफिसमा कार्यरत रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठलाई समेत पक्राउ गरी अनुसन्धान गर्दा निजहरूको समेत संलग्नता पुष्टि हुने प्रमाण फेला परेको थियो ।

साथै यस अवैध सुन तस्करी कार्यमा १० जना प्रतिवादीहरू उपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

साथै उक्त अपरेसन, अनुसन्धान, तहकिकात र अभियोजनबाट विमानस्थलको प्रयोग गरी अवैध रूपमा हुन सुन तस्करीको जालोसमेत भत्किएको छ।

आगमन भन्सार जाँच क्षेत्रमा व्यापक सुधारः

त्रिभुवन विमानस्थल आगमन भन्सार जाँच क्षेत्रमा व्यापक सुधारका कार्यहरू अगाडि बढाइएको छ। सुधार कार्यअनुरूप त्रिभुवन विमानस्थल स्थित आगमन भन्सार क्षेत्र विस्तार गरिनुका साथै एक्सरे मेसिनसमेत थप गरी यात्रु जाँचपास प्रक्रिया सरल र सहज बनाउने कार्य भएको छ।

हाल त्रि.वि. भन्सार कार्यालयले ल्भउब िःबलबनझभलत या त्यगचष्कm बलम ज्यतभ िःबलबनझभलत (ल्ब्त्ज्ः सँग समझदारी पत्रमा हस्ताक्षर गरी उक्त कलेजमा अध्ययनरत छात्र तथा छात्राहरू त्रिभुवन विमानस्थल आगमन भन्सार क्षेत्रमा इन्टर्नसिपमा आबद्ध भई यात्रुहरूलाई सहजीकरण र आतिथ्य कार्यमा संलग्न रहेका छन् ।

नाथमसँग समझदारीपत्र र प्रशिक्षार्थी परिचालन

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको यात्रु शाखामा थप प्रभावकारी सेवा प्रवाह गर्नका लागि नाथमका १५ जना विद्यार्थीलाई ६ महिनासम्मका लागि क्ष्लतभचलकजष्उ गर्न दिने विषयमा सम्झौता सम्पन्न गरिएको छ।

जसअनुसार क्ष्लतभचलकजष्उ मा आउने विद्यार्थी यात्रु आगमन कक्षमा सहयोगीका रूपमा रहेर कार्यसम्पादन गर्ने हुँदा यसबाट नेपालमा आउने यात्रु तथा पर्यटकलाई सरल, सहज सेवा पुगेको छ ।

सशस्त्र प्रहरी बल परिचालन

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको यात्रु शाखा तथा कार्गो शाखामा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी गर्नका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । २०८० माघ १ बाट प्रहरी निरिक्षकको कमान्डमा खटिएका ३० जना शसस्त्र प्रहरीले विमानस्थलको यात्रु आगमन तर्फ भन्सार क्षेत्रको वाक थ्रु गेट एरियामा चेकजाँच गर्दछन् । विगतमा स्टार सेक्युरिटिजका गार्डबाट हुँदै आएको चेकजाँचमा सशस्त्र प्रहरी परिचालनपछि प्रभावकारीता आएको छ ।

नेपाल टेलिकमसँग सम्झौता

त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता गरिएको छ। सम्झौताअनुसार भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई निःशुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्नेछन् । यसबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु, पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुनेछन् ।

सामाजिक सञ्जालको प्रयोग

वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै साथै सूचनाको हकलाई व्यवहारगत रूपमा कार्यान्वयन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयको आधिकारिक फेसबुक आइडी, ट्विटर आईडीमार्फत् नियमित रूपमा सूचना प्रवाह गरिएको छ । यसका साथै भाइबर एवम् ह्वाट्सएपमार्फत् गुनासो सम्बोधन गर्ने गरिएको छ ।

भन्सार क्षेत्रको सौन्दर्यीकरण
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको बाह्य सुन्दरताका लागि समय समयमा सरसफाई कार्यक्रम तथा वृक्षरोपण गर्ने गरिएको छ । आन्तरिक भौतिक सुन्दरताका लागि कार्यालयमा सोफा, हिटर, सी.सी क्यामेरा, एक्सरे मेसिन थप गरिएको छ ।

(लेखक भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्