नख्खु कारागारमा कीर्तिपुर आँखा अस्पतालको निःशुल्क शिविर, ५० प्रतिशत कैदीमा दृष्टि दोषको समस्या



काठमाडौँ। 

कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर संचालन गरेको हो ।

शिविरमा कारागारमा रहेका ८१६ जना कैदीबन्दीहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएकामध्य करिब ५० प्रतिशत कैदीबन्दीहरुमा दृष्टि दोषको समस्या देखिएको छ । अस्पतालकी अध्यक्ष एबं आँखा रोग बिषेशज्ञ प्रा.डा सबिना श्रेष्ठका अनुसार ४०० जना कैदीबन्दीहरुमा दृष्टि दोषको समस्या देखिएको छ भने ९ जना मोतीबिन्दुका बिरामी भेटिएका छन्  ।

अस्पताल व्यवस्थापक दीपक बोहोराका अनुसार १४८ जनालाई निःशुल्क चस्मा बितरण गरिएको छ भने शिविरमा भेटिएका ९ जना मोतीबिन्दुका बिरामीहलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराईनेछ ।

‘सामान्यत बर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारगारमा रहेका कैदीबन्दीहरु बर्षौदेखी आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि हामीले उहाँहरूलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ’ प्रा.डा श्रेष्ठले भनिन् ।
प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्रा.डा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्