१३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रयोगिता : हिरा कुमालले हात परिन् पाँच स्वर्ण



धादिङ ।

धादिङमा भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सम्पन्न भएको छ ।
तीनदिनसम्म  सञ्चालन भएको प्रतियोगिताको रोचक पक्ष भनेको भनेको एक विद्यार्थीले पाँच प्रतिस्पर्धामा ५ स्वर्ण पदक प्राप्त गरी किर्तिमान कायम गरेकी छन् ।
ज्वालामुखी गाउँपालिका स्थित त्रिपुरा सुन्दरी मावि कक्षा १२ मा अध्यायनरत छात्रा हिरा कुमालले आफूले भाग लिएको सबै पाँच खेलमा स्वर्ण पदक जितेको  विद्यालयका शिक्षक गोकर्ण लम्सालले बताए  ।

कुमालले १ सय मिटर दौड, २ सय मिटर दोैड, ४ सय मिटरको रिले दौड, १ सय मिटर रिले दौडमा प्रथम भएर स्वर्ण पदक प्राप्त गरेकी थिइन् । यसैगरी लंग जम्पका समेत स्वर्ण पदक प्राप्त गरेकी छन् ।

पढाइमा मध्यम किसिमको र सामान्य किसान परिवारमा जन्मिएकी  कुमाल आफ्नै मेहनत र आफैँले आफ्नै तरिकाले खेल खेलेर गाउँपालिकाको नाम राख्न सफल भएकी छन् । गाउँपालिकाको प्रतियोगितामा छानिए पनि पालिकाले स्वर्णपदक विजेतालाई तयारीका लागि कुनै पनि तयारी भने गरेको थिएन ।

आफू सहभागी भएको सबै प्रतिस्पर्धामा प्रथम भएपछि विद्यालयले समेत आगामी दिनमा प्रदेशमा हुने प्रतियोगितामा तयारीका लागि लाग्ने शिक्षक लम्सालले बताएका छन् । ज्वालामुखी गाउँपालिकाले ६ स्वर्णपदक प्राप्त गरेको छ ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिका प्रथम र थाक्रे गाउँपालिका द्वितीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्