शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रले २८ औं वार्षिकोत्सव मनायो



काठमाडौं ।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २८ औँ वार्षिकोत्सव मनाउँदै गर्दा केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले विगत सात वर्षमा मुटु शल्यक्रिया (कार्डियाक सर्जरी) विधामा चिकित्सकले इच्छा नराख्दा भविष्यमा मुटु शल्य चिकित्सकको अभाव हुने संकेत देखिएको बताउनुभयो ।

नेपालको मुटु राजधानीमा रहेको मुटु अस्पतालमा आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ८ सय ३८ जनाको मुटुको शल्यक्रिया भएको जानकारी गराउँदै उहाँले जनशक्तिको अभाव हुन नदिन गंगालाल प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो । वि.सं. २०५२ सालमा मुटुको छुट्टै अस्पतालको आवश्यकता महसुस गरी नेपाल सरकारले गंगालाल अस्पताल ९ शय्याबाट सुरु गरेकोमा हाल ३ सय शय्यामा सञ्चालित भए पनि अस्पतालको शय्या थप गर्नुका साथै आवश्यक जनशक्ति, उपकरण र अस्पतालको क्षमता विकास गरी स्वायत्त अधिकार सम्पन्न मुटु अस्पताल बनाउनुपर्ने आजको आवश्यकता रहेको मल्लले औँल्याउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । तर प्रक्रिया कहाँ पुग्यो र केले रोकियो भन्ने बारेमा उहाँ आफै अनभिज्ञ रहेको हरेक दिन गर्ने एउटै भाषणले प्रस्ट्याउँथ्यो ।

प्रतिक्रिया दिनुहोस्