समय सान्दर्भिक पत्रिका



म साधना नियमित पढ्ने गर्छु । साधना स्वास्थ्य विषयको सबैभन्दा पुरानो र स्तरीय पत्रिका हो भन्ने मलाई लाग्छ । यो पत्रिका मैले पढ्न थालेको करिब तीन दशक नै बितिसकेको छ । यस पत्रिकाले आफूलाई समय सान्दर्भिकरुपमा परिमार्जन गर्दै लगेको पाएको छु । यस पत्रिकामा प्रकाशित हुने सामग्रीहरु ज्यादै उपयोगी र संग्रहणीय छन् ।

साधनाको पूर्णाङक ३०८ मा समेटिएका डा. प्रकाशराज रेग्मी, डा. क्षितिज बराकोटी, श्रीरामसिंह बस्नेत, डा. अरुणा उप्रेती, डा. सुमनराज ताम्राकार, डा. हरिहर खनाल, डा. राजेन्द्र भद्रालगायत सबैका लेख उपयोगी र सान्दर्भिक छन् । भविष्यमा पनि यस किसिमका लेखले निरन्तरता पाउने अपेक्षा गर्दछु । – कौशल रुपाखेती, थानकोट ।

 

प्रतिक्रिया दिनुहोस्