लुम्बिनी प्रदेशमा ५ सय ६५ जना कुष्ठरोगीका विरामी



बुटवल ।

लुम्बिनी प्रदेशमा अझै पनि ५ सय ६५ जना कुष्ठरोगीका विरामी रहेका छन् । प्रदेशका चार जिल्ला कुष्ठरोगीहरूको संख्या उच्च रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख खिमलाल पाण्डेका अनुसार लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्चिम र, बाँके जिल्लामा कुष्ठरोगीहरूको संख्या उच्च रहेको बताउनु भयो ।

७१ औँ विश्व कुष्ठ रोग दिवसको अवसरमा आइतबार लुम्बिनी प्रादेशिक अस्पतालको आयोजना र इन्द्रेणी ग्रामिण विकास केन्द्र र फेयरमेड फाउन्डेशन सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले लुम्बिनीका ४ जिल्लामा उच्च रहेको तथ्याक जानकारी गराउनु भएको हो । हाल देशभर देशभर २ हजार ५ सय २२ जना कुष्ठरोगका बिरामी रहेकोमा सबै जिल्लामा छालारोग विशेषज्ञ पठाउन नसक्दा कुष्ठ रोगको सबै विरामीको पहिचान गर्न समेत नसकिएको बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पतालका छाला रोग विशेषज्ञ डा. कमल आचार्यले दिवस मनाएर भन्दा पनि कुष्ठ रोगसम्बन्धी निर्धारण गरिएका लक्ष्य हासिल गरेर मात्रै सफल भइने बताउनुभयो । यस्तै इन्द्रेणी ग्रामिण विकास केन्द्रका महेन्द्र पाण्डेले कुष्ठ रोगको सुरुमा कुनै लक्षण नदेखिने पछि असर गर्ने भएको सबैले विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो । फेयरमेड फाउन्डेशनका प्रमुख शशिकुमार कर्णले अहिले पनि यो रोगको बारेमा समाजमा नकारात्मक धारण रहेकाले त्यस्ता धारणलाई सबै भन्दा पहिला हटाउनु आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्