सोरु गाउँपालिकामा सिजनल भाइरल ज्वरो, सर्वसाधारणलाई सास्ती



मुगु। 

मुगुको सोरुगाउँपालिका-६ पुरुमुरु गाउँमा सिजनल भाइरल ज्वरोले ४ जनाको मृत्यु भएको छ  । सिजनल ज्वरोका कारण एक साता यता मृत्यु हुनेमा सोरु गाँउपालिका-६ पुरुमुरु गाँउका बर्ष ७२ का हरिबहादुर शाही, बर्ष ७५ की कृति छत्याल र बर्ष २४ की कुशुम ढोली रहेका छन्।  सोरु ९ कि उतिकला योगको पनि भाइरल ज्वरोका कारण मृत्यु भएको छ  ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायतका दर्जन बढी बस्तीका घर-घरमा ज्वरो,रुगाखोकि लाग्ने,श्वास फेर्न गार्हो हुने, टाउको दुख्र्ने र नाक मुख सुख्खा हुने जस्ता लक्ष्यण देखिने बिरामीहरु रहेका छन् । बिरामीहरुले सिटामोलसमेत नपाउँदा थप बिरामीहरुको संख्या बढदै गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुको डाक्टर सहीतको टोलीले मंगलबार सोरुगाँउपालिका ६ पुरुमुरु र जिमा गाँउका १ सय ५० जना भन्दा बढीलाई स्वास्थ्य परिक्षण गरी रुगा, खोकी ज्वरो, शरीर दुखेकाे औषधी वितरण गरिएको थियो।

कोभिड, मलेरिया, औलोलगायतको समेत चेक गरिएको र खासै अन्य कुनै पनि भाइरस नदेखिएको कारण  केही स्थानीय नागरिकहरुको स्वाप परिक्षणको लागी सुर्खेत पठाइएको र  त्यसको रिपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिने बताइएको छ।

बिरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्