कालिन्चोक र शैलुङमा  दोस्रो पटक हिमपात 



दोलखा।

कालिञ्चोकमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । बुधवार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीय सुनपाती होटलका स्टाफ राजन क्षेत्रीले बताए । बुधवार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको क्षेत्रीले बताए ।

दोलखाकै अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य शैलुङमा पनि बुधवार राति हिमपात भएको स्थानीयले बताएका छन् । पछिल्लो समय शैलुङमा पुग्ने पर्यटकको संख्यामा अत्यधिक वृद्धि भएको र यो वर्ष दोस्रो पटक हिमपात भएकोले यो सङ्ख्या अझ बढ्ने स्थानीय बताउँछन् ।

रातभरिको हिमपात पछि बिहीबार (आज) कालिन्चोक टाँपु तथा कुरीको वातावरण निक्कै रमणीय देखिएको पर्यटकहरुले बताएका छन् । हिमपात पछि बिहीबार बिहानै देखि कालिन्चोक पुग्ने पर्यटकको चाँप बढेको कुरी स्थित होटल सुनपातीका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताए ।

बुधवार रातभरि हिमपात भएपछि बिहीबार बिहानै देखी कालिन्चोक जानको लागि पर्यटकहरुको फोन आईरहेको छ – होटल सञ्चालक ओलीले भने । शुक्रवार र शनिवार त्यसैपनि कालिन्चोक पुग्ने पर्यटक अत्यधिक हुनेमा हिमपात पछि यो सङ्ख्या थेगिसक्नु हुने अनुमान होटल व्यवसायीहरुको छ ।

तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा गत वर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो वर्ष पहिलो पटक माघ २ गतेनै हिमपात भएको थियो ।

बुधवार राति अत्यधिक हिमपात भएको कारण कालिञ्चोकको कुरीसम्म गाडी पुग्न भने कठिन भएको स्थानीयले बताएका छन् । पर्यटकहरुको लागि धेरै बोलेरो गाडिहरुले टाएरमा चेन राखेर कुरीसम्म पु¥याउने व्यवस्था गरेको होटल सञ्चालक ओलीले बताए । कुरीबाट केबलकार चढेर कालिन्चोक टाँपुसम्म पुग्न सकिने भएकोले समस्या नहुने स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

कुरी बजार तथा आसपास अत्यधिक हिँउ रहेकोले बिहीबार (आज) बिहानै देखी पर्यटकहरु हिँउ खेलेर रमाईलो गरिरहेको राजन क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्