महिलाहरुको लगानी र व्यवस्थापनमा तिलोत्तमामा १५ शय्याको अस्पताल



बुटवल। 

रुपन्देहीको तिलोत्तमामा महिलाहरुको लगानीबाट ओम महिला तथा बाल अस्पताल स्थापना भएको छ । तिलोत्तमा–४ ड्राइभरटोलमा स्थापना भएको यो अस्पतालमा ९० प्रतिशत महिलाहरुको लगानी र अस्पताल सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरुले लिएका छन् ।

सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपेरिटेन्डेन डा. शर्मिला शर्माले बताउँछिन्  । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पतालले श्रावणबाट नियमित सेवा दिइरहेको बताउँदै डा. शर्माले आगामी दिनमा सय शय्यामा बिस्तार गरिने समेत बताइन्  ।  हालसम्म १७ सय बढीलाई सेवा प्रदान गरिसकेक यो अस्पतालबाट सुलभ, सुपथ र गुणस्तारीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन्  ।अस्पतालले तिलोत्तमा नगरपालिका भरीका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै अस्पताल उद्घाटनको एक सातासम्ममा ओपिडी सेवालाई निःशुल्क गरिएको पनि मेडिकल सुपेरिटेन्डेन डां शर्माले बताइन्  ।

अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको  र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले बताइन्  । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको मात्रै सेयर पूँजी रहेको छ । अस्पतालमा प्रसूती सम्बन्धि सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सैं घण्टा इमर्जेन्सी अपरेशनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा, २४ सै घण्टा जनरल बेड र क्याबिनहरूको सेवा सञ्चालनमा रहेको प्रबन्ध निर्देशक कमला मल्ल हमालले बताइन्।

६५ जना कर्मचारीहरु कार्यरत अस्पतालमा सम्पूण प्रयोगशाला ओ टी सेट अप, एक्स–रे सेवा, अल्ट्रासाउण्ड सेवा, गाइने सेवा म्यान्टिलेटर सहितको एनआईसियू सेवासँगै ल्याप्रोस्कोपी (दुरभिनद्वारा गरिने सल्यक्रिया सेवाहरु) पनि उपलब्ध रहेको छ । नाम महिला बालबालिका रहेको अस्पतालले निकट भविष्यमा आमा सुरक्षा कार्यक्रम संचालनका लागि प्रकृया अगाडी बढाएको जनाएको छ ।अस्पतालको आइतबार तिलोत्तमा नगरपालिकाका नगर  प्रमुख रामकृष्ण खांणद्धारा औपचारिक समुद्घाटन गरिने  कार्यक्रम रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्