कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन



काठमाडौं ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश बिन्दुहरू, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन्।

नेपालमा पहिलोपटक साेमबार सात जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ भेटिएको थियो । साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत उनले अनुरोध गरे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दूरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्