एउटै संस्थाको कार्यसमितिमा ५ जना पूर्व वडा अध्यक्ष



धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा कार्यालय रहेको सामुदायिक सेवा केन्द्र धादिङको नयाँ कार्यसमितिमा ५ जना पूर्व वडा अध्यक्षहरुलाई निर्वाचित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय संरक्षक रहेको गैरसरकारी संस्थाको शुक्रबार जिल्ला प्रहरी कार्यालयको हलमा पुनरगठन गरिएको थियो ।कार्यसमितिमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष होमनाथ रिजालको अध्यक्षतामा १५ सदसिय कार्यसमितिको पुनरगठन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष उद्धव प्रसाद रिजाल, सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नन्द किशोर प्रसाद चौहान, कोषाध्यक्षमा मनमायाँ गोतामे, सहसचिवमा बद्री प्रसाद सुवेदी निर्वाचित गरिएको छ ।

कार्यसमितिको सदस्यहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष शिवराज गिरी, वडा नम्बर १२ का पूर्व वडा अध्यक्ष बाबुराम लम्साल, वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष गुणबहादुर थपलिया, निर्वाचित गरिएको छ ।

यसैगरी सदस्यहरुमा शिवराज सापकोटा, देबनारायण श्रेष्ठ, किरण कुमार श्रेष्ठ, आशामायाँ तामाङ, भोजबहादुर परियार र शंकरप्रसाद थपलिया (केशव)लाई निर्वाचित गरिएको कार्यसमितिमा निर्वाचित शिवराज सापकोटाले जानकारी दिनुभयो । नेपाल प्रहरीलाई शान्ति सुरक्षा तथा अमनचेनमा नागरिक तवरबाट सहयोग पुर्याउन सामुलदायिक सेवा केन्द्रको स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्