पर्यटनमन्त्रीको अभिव्यक्तिको अन्तर्य



काठमाडौं ।

नेकपा माओवादीका नेता तथा वर्तमानका पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले इसाई धर्म नमान्नेलाई जेल हाल्ने भन्ने अभिव्यक्ति दिएसँगै नेपाल अधिराज्यको वातावरणमा एउटा सनसनी फैलिएको छ।

नागरिक उड्डयन मन्त्री किँरातीले पर्यटन र उड्डयनका क्षेत्रमा निकै राम्रा काम गरेर धेरै जनताले उनको प्रशंसा गर्न थालेका थिए। धेरै वर्षअगाडिदेखि घाटामा चलिरहेको नेपाल वायुसेवा निगमलाई उनले नाफा–घाटा सन्तुलनमा ल्याउने मात्र नभएर नाफाको अवस्थामा ल्याइसकेका थिए।

उनी भन्दै थिए, अब तीन–चारवटा विमान किन्नेवाला छौँ। सर्वसाधारणका गुनासालाई समेत सुनुवाइ गरेर दोषीलाई तत्कालै आवश्यक कार्यवाही गर्न तम्सने किराँती एक लोकप्रिय नेताको रुपमा स्थापित हुँदै र आम जनताको मन–मस्तिष्कमा विराजमान हुँदै थिए।

हिन्दूधर्मावलम्बीको आस्थाको केन्द्र मानिने भगवान् पशुपतिनाथको नाममा हुने र गरिने अनियमित कार्यको भण्डाफोर गरेर नियमन एवं सुव्यवस्थित बनाउने काम मन्त्री सुदन किराँतीले गरेका थिए।

त्यस्तै नागरिक उड्डयन तथा पर्यटन क्षेत्रका अनियमितता हटाउन लागिपरेका किराँती धेरै नेपालीका लागि प्यारा पात्रका रुपमा स्थापित हुँदै थिए। तर क्रिश्चियन धर्मसम्बन्धी पछिल्लो अभिव्यक्तिले उनलाई एकैचोटि रसातल पुर्‍याएको देखिन्छ।

यसै सन्दर्भमा पछिल्लो समय उनले ‘क्रिश्चियन मान्दिन भन्ने देशद्रोही हुन्, क्रिश्चियनहरुलाई नमान्नेहरु संविधान पनि नमान्ने हुन्, यस्ता देशद्रोहीलाई हत्कडी लगाएर जेलमा राख्नुपर्छ’ भने। गत पुस ४ गते उपत्यकाव्यापी संयुक्त क्रिसमस महोत्सवमा उनले उक्त भनाइ राखेका थिए।

मन्त्री सुदन किँरातीको यो अभिव्यक्तिले एउटा सनसनी फैलाएको छ। संस्कृतिमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले उक्त अभिव्यक्ति दिइरहँदा नेपालजस्तो झन्डै ८० प्रतिशत जनसंख्या हिन्दू धर्मावलम्बी भएको देशका जनताले उक्त अभिव्यक्तिप्रति खेद प्रकट गर्दै उनलाई तुरुन्तै पर्यटनमन्त्रीको पदबाट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिइरहेका छन्।

तर जनताको भनाइ सुनेर प्रधानमन्त्री प्रचण्डले किराँतीलाई मन्त्री पदबाट हटाउने छैनन् भन्ने कुरामा पनि धेरैजना ढुक्क छन् । धेरै जनले मन्त्री किराँतीलाई चुनौती दिएर भनिरहेका छन्– हामी इसाईहरुलाई मान्दैनौँ, हामीलाई जेल हालेर देखाऊ।

यस्ता अभिव्यक्तिका साथै किराँतीको उक्त भनाइको भत्र्सनासमेत गरेका छन्। कसैले उनलाई आलोकाँचो केटाको संज्ञासमेत दिएका छन्। उनको उक्त विवादास्पद अभिव्यक्तिले क्रमशः लोकप्रिय हुँदै गएको उनको व्यक्तित्व अचानक गिरेर गएको छ। किराँतीको उक्त भनाइ अनुसार धेरैले उनी पनि अमेरिकाले किनेका मान्छे रहेछन् भन्ने गरेका छन्।

पर्यटनमन्त्री सुदन किँरातीको उक्त भनाइ हालमा विवादास्पद ठानिए र भत्र्सनासमेत गरिए पनि उनको भनाइमा यथार्थता खोज्न आम नेपाली जनता र त्यसमा पनि हिन्दूधर्मावलम्बी जनले प्रयास गर्नुपर्ने हुन्छ।

किराँतीको उक्त अभिव्यक्तिको सम्बन्ध भनेको एमसीसीसँग रहेको छ । अमेरिकाले उसको राष्ट्रभाषा अङ्ग्रेजी जसरी लादेर विश्वव्यापी भाषाको स्तरमा उकाल्न सकेको छ, अबका दिनमा इसाई धर्मलाई पनि संसारभर लादेर छोड्ने कुरा अमेरिका दृढ सङ्कल्पका साथ लागिपरेको छ।

उसले आफू उक्त कुरामा सफल नहुन्जेल विभिन्न नाटक रचना गरेरै भए पनि निरन्तररुपमा लागिपरिरहनेछ। अनि कुनै दिन उसको मक्सद पूरा गरेरै छोड्नेछ। त्यही र्ति पूरा गर्नको लागि हाम्रा नेताहरुलाई एउटा दबाबमा राखेर एमसीसी बलजफतसँग पास गर्न बाध्य पारेको थियो । एमसीसी पास भएपछि केही अमेरिकी सेनाको डफ्फा नेपालमा आएर आफ्नो पकड जमाउन थालेको छ।

पर्यटनमन्त्री सुदन किँरातीले ‘इसाईहरुलाई नमान्नेहरु देशद्रोही हुन्, देशद्रोहीले संविधान पनि मान्दैनन्, त्यस्ता देशद्रोहीलाई हत्कडी लगाएर जेलमा कोच्नुपर्छ’ भन्नेजस्ता विवादास्पद अभिव्यक्ति दिइरहँदा सिङ्गो वा एक्लो पर्यटनमन्त्री सुदन किराँती मात्र बोलेका थिएनन्, त्यहाँ त एमसीसीसमेत बोलिरहेको अवस्था थियो।

एमसीसी जत्तिको बलियो खम्बाको आडमा ढुक्क परेर बसेपछि त्यतिको अभिव्यक्ति पस्कन किराँतीलाई के गाह्रो थियो र ? तथापि गाह्रै भए पनि उनले यथार्थ कुरो ओकलिरहेका थिए।

नेपालमा आएर आफ्नो पकड जमाउँदै गएको एमसीसी आधारातमा, आम नेपाली जनताले कतैबाट थाहा पाउँछन् कि भनेर भयभित हुँदै पास गराउन खोज्ने हाम्रा नेताको मक्सद भनेको कसरी कमिसन धेरै पाउने भन्ने मात्र थियो।

अब त्यही एमसीसीले आज सुदन किराँतीले बोलेका कुरा व्यावहारिकरुपमा लागू गर्न थालेपछिका दिनमा हिटलरी शैलीमा प्रस्तुत भएर हामीमाथि मनलाग्दी व्यवहार गर्न थाल्ने दिन अझ नजिक हुँदै छन् । हामीलाई इसाई धर्म नमानेबापत हत्कडी लगाएर जेलमा कोचेमात्रै त केही थिएन, हाम्रा चेलीबेटीहरु दिदहाडै लुटिन र बलात्कृत हुन थाल्नेछन् ।

हामीले त परै जावस् हिजो हामीलाई एमसीसीका गुणैगुणको बखान गरेर नथाक्ने र लुकाई–लुकाई एमसीसी पास गराउन खोज्नेहरुकै छोरी–बुहारीमाथि अमेरिकी सेनाले गर्ने दुव्र्यवहार हाम्रा नेताले समेत निरीहताका साथ टुलुटुलु हेरेर बस्नुपर्ने दिन निकै नजिक आउँदै छ । इसाईलाई नमान्ने नेपाली जनतालाई पर्यटनमन्त्रीको निर्देशनमा हत्कडी लगाएर जेलमा कोच्न लगाउँछन् भने अमेरिकी सेनाको निर्देशनमा पर्यटनमन्त्रीका हातमा पनि हत्कडी लागेर जेलमा कोचिनुपर्ने दिन कसो नआउला त ?

हाम्रा पर्यटनमन्त्री सुदन किराँतीको विवादास्पद उक्त अभिव्यक्ति बाध्यताको उपज पनि हो । अमेरिकी सेना नेपाल आएर खाइपचनी गरेर मात्र बसेको छैन।

उसले हाम्रा पर्यटनमन्त्री सुदन किराँती, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालजस्ता आफ्ना दलालहरुले नेपालमा इसाई धर्म लाद्नको लागि कतिको साँचो प्रयास गरिरहेका छन् त ? भनेर बेलाबेलामा नजर दिइरहेको छ।

अनि इसाईहरुको सभामा उपस्थित हुन पुगेका हाम्रा पर्यटनमन्त्रीले त्यतिको विवादास्पद अभिव्यक्ति दिन नसकेको खण्डमा अमेरिकी सेनाले नपत्याउने भएकोले बरु जसो होला उताकालाई खुशी पारेका खण्डमा भेडाजस्ता नेपाली जनतालाई त फसाउन सकिन्छ भन्ने आँटले उक्त अभिव्यक्ति दिएका हुन् भन्ने अनुमान गर्न गाह्रो छैन ।

हाम्रा जिम्मेवार नेताहरुले आफ्नै खुट्टामा आफैँले बन्चरो हान्ने अर्थात् रुखका हाँगाको टुप्पातिर बसेर फेदतिर काट्ने कालिदासीय प्रवृत्तिको काम गरेका छन् । यदि भोलिका दिनमा एमसीसी कार्यान्वयनका क्रममा कतैबाट बाधा–अवरोध आइपरेको खण्डमा, वातावरण अनुकूल नबनिएका खण्डमा त्यसको सम्पूर्ण दोष एमसीसी पास गराउने नेताहरुले बोक्नुपर्ने हुन्छ । असफलताको दोषमात्रै बोक्नुपरे पनि ज्याद्रा भएर बोक्थे होला तर उनीहरू स्वयंको ज्यानको खतरासमेत हुने देखिन्छ । त्यसैले यिनले आफ्ना प्रभुका पाउमा हर्दम नुहेर इमानदारिताका साथ काम गर्नुपर्ने बाध्यता छ । यही बाध्यताको अभिव्यक्ति हो हाम्रा पर्यटनमन्त्री सुदन किराँतीको ।

एमसीसी परियोजना पास गराउने बेलामा व्याख्यात्मक टिप्पणी भन्नेजस्ता पदावली प्रयोग गरेर नेपाली जनतालाई गुमराहमा राखी विदेशीको दास बन्न खोज्ने मानसिकताका हाम्रा नेताहरुलाई अमेरिकी सेनाले एमसीसी कार्यान्वयनको कालखण्डमा कसरी उपयोग गर्छ ? भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ ।

यदि नेपाली जनताका तर्फबाट त्यसको अवरोधको खातिर कुनै क्रियाकलाप भएका खण्डमा हिटलरले छानी–छानी ६५ लाख यहुदीलाई तड्पाएर मारेजस्तै हामी मारिन पनि सक्छौँ । उनीहरुको सामुमा हामी यति धेरै निरीह बन्न पुग्छौँ कि उनीहरुको आदेशबेगर हामी बाँच्नको लागि खाने खानासमेत खान डराउनुपर्ने अवस्था आउन सक्छ ।

त्यस्तो भयावह अवस्था सिर्जना हुनुअगाडिको पूर्वसन्ध्यामा हाम्रा पर्यटनमन्त्री सुदन किराँतीको उक्त विवादास्पद अभिव्यक्ति आएको हो। भोलिका दिनमा यस्तो अवस्था पनि आउन सक्छ कि इसाई धर्मलाई स्वीकार नगरेका खण्डमा हाम्रो ज्यानै जाने अवस्था पनि आउन सक्छ। त्यसकारण आफ्नो शरीरभन्दा धर्म ठूलो कुरा होइन भनेर बलजफत स्वीकार गर्नुपर्ने दिन पनि नआउला भन्न सकिँदैन ।

आज हामी धेरै नेपालीले देख्दै र भोग्दै आएको अर्को कुरो के छ भने, हामी कतै मेला, जात्रा आदिमा जाँदाको बखत त्यहाँ टुपी पालेका कट्टर सनातनीजस्ता लाग्ने मान्छेहरुले निकै मोटा र निकै मूल्यका धार्मिक पुस्तक भनेर कतै सितैँमा त कतै थोरै पैसामा किन्न वा लिन आग्ह गर्दै गरेका देखेका र भोगेका छौँ ।

अनि हामी कतिले ती पुस्तक ल्याएर पढेका पनि छौँ । तर ती पुस्तक पढ्दा त्यही गहिरा र सनातन धर्मसँग सम्बन्धित कुरा नभएर कता–कता अन्य धर्मसँग सम्बन्धित कुरा भएजस्तो लाग्छन्। यसरी धेरैतिरबाट घेराउमा पार्दै र कुनै धर्म, संस्कारलाई बलजफतसँग लाद्न खोजिँदै गरेको वर्तमान अवस्था भनेको निकै संवेदनशील अवस्था हो ।

यो संवेदनशील अवस्था सिर्जना गर्ने काम जान वा अन्जानमा जसरी होस् हाम्रा नेताबाट भएको हो । यदि उनीहरुले अन्जानमा गरेका भए हामी जनताका सामु निरीह बनेर बस्न उनीहरूभित्रको अहङ्कारले दिँदैन । निर्धक्क भएर बस्न पनि जोखिमले भरिएको काम गरिसकेका र उक्त कामको दुष्परिणाम के वा कस्तो आउने हो भन्ने कुरामा उनीहरुसमेत अज्ञात अवस्थामा नै छन् ।

त्यसैले पर्यटनमन्त्रीले हालै दिएका विवादास्पद अभिव्यक्तिबाट आजित भएर उनैलाई सरापिरहनुको साटो हामी स्वयंले आत्मनिर्णय गर्ने बेला आएको छ । अबको नेपाली जनताको अन्तिम अस्त्र भनेको ‘कि गर् कि मर्’ को अवस्थाबाट गुज्रँदै जाने हो।

त्यो खराब अवस्था आउँदै गरेको तर हामीसम्म नआइपुगेको बीचको समयमा एमसीसी खारेजको लागि जनस्तरबाट सरकारले थेग्नै नसकेर, एमसीसी पास गरेर कार्यान्वयनतिर जानुको साटो खारेज गराउन सकेको खण्डमा नेपाली जनताको बिर्सनै नसक्ने खालको विजयको दिन हुनेछ । त्यो विजयको दिनले प्रदान गरेको ऊर्जाले हामीलाई धेरै तागत दिनेछ।

नेपाली जनताको त्यो तागतले एमसीसीजस्ता घातक परियोजनाहरु लागू गराउने आँट यहाँ कसैले पनि गर्न सक्ने छैनन्। मन्त्री किराँतीले दिनुपरेको बाध्यात्मक अभिव्यक्तिजस्तो अभिव्यक्ति अरु कुनै पनि मन्त्रीले खुशीले दिए फरक कुरा भयो तर विवश भएर दिनुपर्ने क्षण शायद नआउला पनि।

प्रतिक्रिया दिनुहोस्