स्वास्थ्य शिविरमा ३४० को परिक्षण



दोलखा ।

दोलाखको शैलुङ गाउँपालिका ८ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ४० जनाले स्वास्थ्य परिक्षण गराउनु भएको शैलुङ गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख बिष्णु बहादुर कार्कीले बताए ।

शैलुङ गाँउपालिका वडा नम्बर– ८ को आयोजना तथा एसएस फाृण्डेशन काठमाडौँ र प्यासिफीक आईभिएफ सेन्टर काठमाडौँको सहयोगमा सञ्चालित शिविरमा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।

शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीहरु ले स्त्री रोग, नसा सम्बन्धि रोग, बाँझोपना र जनरल स्वास्थ्य परिक्षण गरेका थिए । ग्रामीण भेगमा चेतनाको अभाव तथा विशेषज्ञ स्वास्थ्यकर्मीको अभावमा अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था नहोस भनेर स्वास्थ्य शिविर आयोजनामा सहयोग गरेको एसएस फाउण्डेशनको संरक्षक शोभित उप्रेतीले बताए ।

शैलुङ गाँउपालिका वडा नम्बर– ८ का वडा अध्यक्ष धनबहादुर तमाङको सभापतित्वमा भएको शिविर समापन कार्यक्रममा पालिका प्रमुख रिमालबाबु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्