धादिङ अस्पतालको ४७ औँ वार्षिकोत्सब समारोह, १ सय शय्या बनाउने



धादिङ ।

धादिङ अस्पतालको ४७ औँ वार्षिकोत्सब समारोहमा यसलाई एक सय सैयाको बनाउने विषयमा मुख्य मन्त्री शालिकराम जम्कट्टेलले प्रतिवद्धता व्यक्त  गरेका छन्  ।

धादिङ अस्पतालको ४७ औं वार्षिक उत्सवलाई आज सम्बोधन गर्दै मुख्य मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् । अहिले भईरहेको ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाई मुख्मन्त्री जम्कट्टेलले बताएका हुन् । धादिङसँगै त्रिशुली, सिन्धुली लगायतका अस्पताललाई पनि एकसय शैया बनाईने उनले बताए । एक सय सैया बनाउँदा आवस्यक जनशक्ति, भौतिक पूर्वाधार र व्यवस्थापन पक्षमा व्यपाक सुधार गर्नु पर्ने हुन्छ ।

एक सय शैयाको बनाउँदा प्रदेशलाई पर्ने आर्थिक भारहरु सबैलाई मध्यनजर गरेर धादिङ अस्पताललाई एक सय शैयाको बनाउने निर्णय गरिएको पनि मुख्यमन्त्री जम्कट्टेलको भनाई थियो । पौष ३ गते क्याबिनेटको बैठक बस्ने र त्यस पछि एक सय शैयाको तत्कालै प्रक्रिया अघि बढ्ने उनले बताए ।

पहिलेको भन्दा धादिङ अस्पतालको स्तरउन्नती आकास पातलको फरक भएको पनि उनको दाबी थियो। सिमित श्रोत साधनमा पनि गुणस्तरिय सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मी लगायत अस्पताल प्रशासनलाई धन्यवाद दिए ।

व्यवस्थापकिय पक्षमा गर्नुपर्ने सहयोग बागमती प्रदेश सरकार सदैव तयार रहेको पनि बताए। यस्तै विकास निर्माण र सिंगो देशको विकासको लागि संघिय संरचना आवश्यक रहेको बताए । पछिल्लो समय बजारमा संघिय व्यवस्थाको विषयमा नकरात्मक हल्लाहरु बाहिर आएको बताए ।

प्रदेशले के ग¥यो?यो व्यवस्थाले के ग¥यो भन्नेहरुलाई यहि संघिय संरचनाले गरेकोविकासले जवाफ दिएकोे बताए । संघिय शासन प्रणाली नभएको भए धादिङ अस्पताल लगायत अन्य विकासका कामहरु यतिचाडो सम्भव नभएको उनको भनाई थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरु पैसाको अभावमा वञ्चित हुन नहुने बताए । मुख्यमन्त्री जनतासँग कार्यक्रमको लागि प्रदेश सरकारले ३२ लाख खर्च गरेकोले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा सबै प्रदान गर्न अस्पताल प्रशासनसँग आग्रह गरे । कार्यक्रममा बागमति प्रदेशका साम्सद मायाँदेबी शर्मा, गोबिन्द लम्साल, जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्मा, निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, लगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विभिन्न ७ विधामा भएको खेलकुदमा विजयी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो भने कार्यक्रममा अस्पताललाई विभिन्न कोणबाट सघाउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्