पत्रकार अतुल मिश्रलाई ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार



काठमाडौं ।

 प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० को ४१ औं वार्षिकोत्सव समारोहमा बुधवार बरिष्ठ पत्रकार अतुल मिश्र लाई ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’, प्रदान गरेका छन ।

विज्ञान तथा प्रविधिका उपलब्धिमूलक, ज्ञानवर्द्धक एवं रोचक जानकारीहरूलाई नेपाली भाषामा पत्रिका र विद्युतीय माध्यमबाट सर्वसाधारण सम्म जानकारी प्रदान गरी योगदान पुर्याए वापत पत्रकार मिश्र लाई ५० हजार नगद, सम्मान पत्र सहितको पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री दहाल नाष्टका कुलपति समेत हुन ।

तिन दशक देखी पत्रकारिता गर्दै आएका मिश्र गत २७ वर्ष देखि मुलुकमा मुख्य रूपले विज्ञान र स्वास्थ्य विषय मा कलम चलाउँदै आएका छन । कान्तिपुर दैनिक का ’चिफ सव एडिटर’ र सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट का अध्यक्ष रहेका मिश्र भारतीय लगायत विदेशी सञ्चार माध्यम मा समेत दुई दशक भन्दा बढी समय देखि लेख्दै आएका छन । उक्त समारोह मा पत्रकार मिश्र सँगै मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्ति हरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

१ अर्ब को कोष स्थापना

प्रधानमन्त्री दहालले नाष्टको समारोहलाई सम्बोधन गर्दै विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरिसकेको बताए । उनले केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने समेत उल्लेख गरे ।

प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबरेटोरी उद्‌घाटन

प्रधानमन्त्री ले बुधवार नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबरेटोरी भवन उद्‌घाटन समेत गरे । उनले यी अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परीक्षणहरू हुने वातावरण सिर्जना हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्