वीरमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सुरु 



काठमाडौं ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ। अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बुधबारदेखि वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत विशेषज्ञ क्लिनिक सेवा सुरु भएको बताए।

ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा हप्ताको दुई दिन आइतबार र बुधबार सञ्चालन हुनेछ। उक्त सेवा बिहान १० बजेदेखि १ बजेसम्म बहिरङ्ग विभागमा सञ्चालन हुने अस्पतालका निमित्त निर्देशक डा. थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्