अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 



काठमाडौँ। 

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ।

विभागको टोलीले कपन क्षेत्रका औषधी पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधी बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका १० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधी  पसल अनुगमन गर्दा अवैधरूपमा औषधी  बिक्री गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको जानकारी दिए।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ। टोलीले ओखलढुंगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्