स्वास्थ्य सुधारमा महिला स्वयंसेवीकाको भूमिका महत्त्वपूर्ण



काठमाडौँ।

“२०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस” नेपालको केन्द्र, प्रदेश लगायत ७७ रै जिल्लामा “स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ मनाइयो ।

नेपालमा २०४५दसालमा २७ जिल्लाबाट शरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अहिले देश व्यापी रूपमा ५१ हजार ४ सय २३ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको टेकुमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिका निरन्तर रूपमा रहेको र यो अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य सेवालाई घरघरमा पुर्याउँन र अझ फराकिलो बनाउनु आवश्यक रहेको कुरा औँल्याए । नेपालको स्वास्थ्यको अवस्थाका बारेमा स्वयमसेवीकाहरुले विश्व सामु फैलाएका छन् । महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका संवाहक हुन भने ।

कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाले घरघरमा स्वास्थ्य सुचनाका साथ समय सापेक्ष आवश्यकता अनुसारको सेवाहरु महिला स्वास्थ्य स्वयम सेविकाले पहिलो लहरमा रहेर पुर्‍याएका छन् भनिन्  । उनले कोभिड १९ मा पनि महिला स्वास्थ्य स्वयंसेविकाले ज्यान जोखिमा राखेर सेवा गरेकोमा प्रशंसा गरिन्  । उनले वास्तवमै समाज सेवा महिला स्वास्थ्य स्वयंसेवीकाले गरेका छन् ६० वर्ष पुगेपछि बिदा गर्छौ भन्दा पनि बिदा हुनै नचाहने र सेवामा तल्लीन हुने चाहना राख्छन् भनिन्।

महिला स्वास्थ्य स्वयंसेवक गीता थिङले हामीलाई अन्याय भएको छ २० वर्ष पहिला बिदाइ गर्दा २० हजार दिने निर्णय भएको आजको परिवर्तित अवस्थामा पनि त्यही छ । विदेशीलाई सुनाउँदा छक्क पर्छन् । बिदाइमा दिने २० हजारलाई बढाएर १ लाख पुर्‍याउन सुझाव दिइन्  ।

महिला स्वास्थ्य स्वयमसेविकाहरुको कामा २०१२ देखि एसएमएस याप्स बनाउने संस्था मेडिकल मोबाइल नेपालका कार्यकारी निर्देशक डा. नितिक भण्डारीले महिला स्वयम सेविका बलेको दियो जस्तै नेपालको स्वास्थ्य सेवामा उज्यालो फैलाउँने क्षमता र जिम्मेवारी बोकेका व्यक्ति भएकाले उहाँहरुको सम्मान हुनुपर्छ भने ।
कार्यक्रमका अध्यक्ष डा. अनुप बास्तोलाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि समय सापेक्ष स्वास्थ्य सेवा अझ प्रभावकारी र वैज्ञानिक बनाउनुपर्छ यसका लागि महिला स्वास्थ्य स्वयंसेवीकाले खेलेका भूमिका सह्रानीय छ भने ।

प्रतिक्रिया दिनुहोस्