साधना हेल्थप्रतिको आकर्षण



साधनाको मुख्य लेखले मलाई सधैँ आकर्षित गर्ने गरेको छ । साथै अन्य स्तम्भकारका लेखहरु पनि मैले प्रायः नछुटाई पढ्ने गरेको छु । आयुर्वेदप्रति मेरो बढी नै झुकाव भएकाले डा. रामदेव पण्डितको लेख असाध्यै मन पर्छ ।

त्यसै गरी नयाँ कुरा स्तम्भमा सधैँ जनसरोकारका नयाँ कुरा प्रस्तुत गर्नुभएकोमा डा. प्रकाशराज रेग्मीको लेख नपढी रहन सक्दिन । हुन त अन्य लेखहरु पनि उत्तिकै आकर्षक छन्, तर साधनामा अहिलेको जल्दोबल्दो स्वास्थ्य समस्यामा पर्ने मानसिक रोगसम्बन्धी विशेषज्ञ डाक्टरको लेख नियमित पढ्न पाइएको छैन । त्यसैले त्यस्ता लेखहरु पनि साधनामा समावेश गरियोस् ।

– तारा, बनेपा, काभ्रे ।

 

प्रतिक्रिया दिनुहोस्